अपडेट
आज भाइटीकाको दिन कस्तो रहला मौसम ?
बिहीबार, ०६ कात्तिक २०८२, ०६ : २६
सारांश
- आज देशभर भाइटीका मनाइँदै छ, मौसम सफा रहने अनुमान छ।
- मौसम विभागका अनुसार कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको आंशिक प्रभाव छ।
- पहाडी क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान छ।
काठमाडौं । आज तिहारको मुख्य दिन भाइटीका लगाएर देशभर उल्लासपूर्वक मनाइँदैछ। मौसमविद्हरूका अनुसार आज देशका अधिकांश भागमा मौसम सफा रहनेछ, जसले टीका–भेटघाटका कार्यक्रम सहज बनाउनेछ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जसअनुसार बिहीबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहँदै बाँकी भू–भागमा मुख्यतया सफा मौसम रहनेछ। पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज राति पनि अधिकांश भू–भागमा आंशिकदेखि सफा मौसम रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मात्र हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण