सर्लाहीमा ५ किलोभन्दा बढी गाँजा सहित दुई जना पक्राउ
सारांश
- सर्लाहीको फुलपरासीमा प्रहरीले ५ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
- प्रहरीले शंका लागेर जाँच गर्दा मोटरसाइकलको सिटमुनि गाँजा फेला पारेको थियो।
- पक्राउ पर्नेमा मोटरसाइकल चालक र एक जना सवार व्यक्ति रहेका छन्, उनीहरूलाई थप अनुसन्धानका लागि राखिएको छ।
सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–२, फुलपरासीस्थित हुलाकी राजमार्ग खण्डबाट प्रहरीले ५ किलोभन्दा बढी गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमान्डमा खटिएको टोलीले मङ्गलबार बिहान करिब १० बजे सुखचैनाबाट फुलपरासीतर्फ जाँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकलको सिटमुनि प्लास्टिकमा बेरेर राखेको अवस्थामा ५ किलो ३०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गाँजा सहित पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक कौडेना गाउँपालिका–१, सुन्दरपुरका १८ वर्षीय दिप नारायण ठाकुर र पछाडि सवार सोही ठाउँका ३० वर्षीय लोजा बैठा रहेका छन्।
पक्राउ परेका दुवै व्यक्तिलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण