महागठबन्धनले मुख्यमन्त्रीमा अघि सार्यो तेजस्वी यादवलाई
काठमाडौँ । भारतको बिहारमा कात्तिक २० र २५ गते (नोभेम्बर ६ र ११) मा हुन गइरहेको चुनावमा महागठबन्धनले राष्ट्रिय जनता दलका नेता तेजस्वी यादव(बिहार विधान सभाका विपक्षी नेता)लाई मुख्यमन्त्रीको रूपमा अगाडि सारेको छ ।
कांग्रेस (आइ), राजद, भारतीय कम्युनिष्ट पार्टीलगायत ७ दलको महागठबन्धन आज पत्रकार सम्मेलन गरेर तेजस्वी यादवलाई बिहारको मुख्यमन्त्री रूपमा अघि सारेको छ ।
कांग्रेस (आइ)का नेता अशोक गहलोतले महागठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा यो घोषणा गरेका छन् ।
उनले भने,महागठबन्धनको सरकार बन्ने हो भने मुख्यमन्त्री तेजस्वी यादव हुनेछ भने मुकेश सहनी उपमुख्यमन्त्री हुने जानकारी गराए । अन्य उपमुख्यमन्त्रीहरू पनि पिछडिएका समुदायका नियुक्त गरिने उनले बताए ।
नेता गहलोतले भने, ‘‘तेजस्वी यादव हाम्रो नेता हुनुहुन्छ, उहाँ मुख्यमन्त्रीको उम्मेदवार हुनुहुन्छ, एनडीएले उनीहरूको मुख्यमन्त्री को हुनेछ भनेर घोषणा गर्नुपर्छ ।’
पत्रकार सम्मेलनमा भने, “तपाईँहरूले ममाथि विश्वास गर्नुभएको छ । म सबैलाई मेरो हृदयदेखि धन्यवाद दिन्छु । म सबैलाई भन्न चाहन्छु कि म उनीहरूले ममाथि राखेको विश्वासमा खरो उत्रनेछु । पाँच वर्षमा होइन २० महिनामा काम गरेर देखाउने छु र म २० वर्ष पुरानो अयोग्य सरकारलाई उखेल्नेछु ।’
उनले आफ्नो नेतृत्वमा सरकार बने हरेक घरमा एक जना सरकारी जागिरे हुने कुरा दोहोर्याए । पत्रकार सम्मेलनमा कांग्रेस, राजद, भीआईपीसहित सात दलका १४ जना नेताहरू उपस्थित थिए ।
सबै दलका नेताहरूलाई बोल्ने अवसर दिइएको थियो । आफ्ना भाषणहरूमा सबैले महागठबन्धन भित्रको एकताको बारेमा कुरा राखेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
यसअघिकाे समाचारमा राष्ट्रिय जनता दलका नेता तेजस्वी यादव हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण