खाली पेटमा बदाम खानुका यस्ता छन् फाइदाहरू
काठमाडौँ । बदाम स्वास्थ्यको लागि वरदान हो । यसमा पाइने भिटामिन, फाइबर, एन्टिअक्सिडेन्ट, पोलिफेनोल, स्वस्थ बोसो, प्रोटिन, जिंक, म्याग्नेसियम र ओमेगा–३ फ्याटी एसिड जस्ता खनिजहरूले शरीरलाई विभिन्न स्वास्थ्य समस्याहरूबाट बचाउन मद्दत गर्छन् ।
तर के तपाईँलाई खाली पेटमा बदाम खानुका फाइदाहरू थाहा छन् ? खाली पेटमा बदाम खानुले दोब्बर फाइदा पाउन सकिन्छ ।
आजको यस लेखमा हामी हान खाली पेटमा बदाम खानुका फाइदाहरू अन्वेषण गरौँ।खाली पेटमा बदाम खाँदा के हुन्छ ? भनेर कुरा गर्नेछौँ ।
पेट: बदाम एन्टिअक्सिडेन्टको उत्कृष्ट स्रोत हो। बिहान खाली पेटमा बदाम खानुले पाचन प्रक्रियामा सुधार ल्याउन सक्छ। पेटको समस्या भएकाहरूका लागि खाली पेटमा बदाम खानु फाइदाजनक हुन सक्छ।
मुटु: बदाममा मोनो–स्याचुरेटेड फ्याट हुन्छ, जुन मुटुको लागि फाइदाजनक हुन सक्छ। नियमित रूपमा बिहान बदाम खाँदा कोलेस्ट्रोल नियन्त्रण गर्न र मुटु रोगको जोखिम कम गर्न मद्दत गर्छ।
तौल: बदाममा रहेको फाइबर र प्रोटिनले तपाईँलाई लामो समयसम्म पेट डम्म भरिएको महसुस गराइराख्छ अनि अत्यधिक खानबाट रोकिनुहुन्छ, जसले गर्दा तपाईंको तौल नियन्त्रणमा रहन मद्दत गर्छ। यदि तपाईँ तौल घटाउने यात्रामा हुनुहुन्छ भने, खाली पेटमा बदाम खानु फाइदाजनक हुन सक्छ।
हड्डीः बदाममा क्याल्सियम, म्याग्नेसियम र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ, जसले हड्डीलाई बलियो बनाउन मद्दत गर्छ। हड्डीको समस्याबाट पीडितहरूका लागि बदाम खानु फाइदाजनक हुन सक्छ।
मस्तिष्क: बदाममा पाइने रिबोफ्लेभिन र एल–कार्निटाइन जस्ता पोषक तत्त्वहरूले मस्तिष्कको कार्यलाई सुधार गर्न र स्मरण शक्तिलाई तीक्ष्ण बनाउन सक्छ। बदाम खानु विशेष गरी बालबालिकाका लागि फाइदाजनक हुन सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण