‘आँगनमा स्वागत गर्न सकिनँ, क्षमा चाहन्छु’
सारांश
- कांग्रेस नेता विश्वप्रकाश शर्माले यस वर्षको दसैँको टीका र देउसी टोलीलाई स्वागत गर्न नसकेकोमा क्षमा मागेका छन्।
- भदौ २३ गतेको प्रदर्शन र २४ गते देश जल्नबाट जोगाउन नसकेको पीडाले टीका लगाउन नसकेको उनको भनाइ छ।
- उनले बदलाको भावना नराख्न र समाज परिवर्तनका लागि सबैलाई आग्रह गर्दै तिहारको शुभकामना दिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको दसैँको टीका र तिहारको भाइटीका नलगाएको र देउसी टोलीलाई स्वागत गर्न नसकेको भन्दै शुभेच्छुकहरूसँग क्षमा मागेका छन्।
उनले सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै, भदौ २३ गतेको प्रदर्शनमा अमूल्य जीवनहरू गुम्न नदिन र २४ गते देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसकेको पीडा बोकेर टीका लगाउन नसकेको उल्लेख गरेका छन्।
शर्माले हरेक वर्ष मेचीनगर धुलाबारीको आफ्नो आँगनमा लक्ष्मीपूजादेखि भाइटीका सकिएको दुई दिनसम्म गरी दुई सयभन्दा बढी देउसी टोलीलाई बिहान ७ बजेदेखि राति २ बजेसम्म स्वागत गर्ने गरेको स्मरण गरेका छन्। तर, यस वर्ष उनको आगजनीमा परेको धुलाबारीको घरमा तिहारको बत्ती नबलेको उनले बताएका छन्।
यसका साथै, काठमाडौँमा रहेको डेरा पनि आगजनीमा परेपछि डेराबाट अर्को डेरामा सर्नुपर्दा यहाँ पनि देउसी टोलीलाई स्वागत गर्न नसकेको भन्दै उनले सबै आदरणीय मित्रहरूसँग नम्रतापूर्वक क्षमा मागेका छन्।
उनले अन्त्यमा सबैलाई बदलाको भाव वा वैरभाव कसैप्रति पनि नराख्न आग्रह गर्दै भनेका छन्, "अपेक्षा राखौँ— हामी सबै बदलिनेछौँ र समाज बदल्नेछौँ। यही नै हाम्रा धर्मशास्त्रहरूको पनि सार हो।" उनले यही स्मरणसहित सबैमा तिहारको शुभकामना व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण