गाजाको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तीमा ७ अर्ब डलर आवश्यक: विश्व स्वास्थ्य सङ्गठन
बिहीबार, ०६ कात्तिक २०८२, २२ : ३८
सारांश
- विश्व स्वास्थ्य संगठनका अनुसार गाजामा स्वास्थ्य क्षेत्र पुनर्निर्माणका लागि सात अर्ब डलर आवश्यक छ।
- इजरायली आक्रमणबाट अस्पतालहरूमा क्षति पुगेको र हाल १४ वटा अस्पताल मात्र सञ्चालनमा छन्।
- गाजामा औषधि, उपकरण र स्वास्थ्यकर्मीको अभाव रहेको र पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक छ।
जेनेभा । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार गाजामा ध्वस्त बनेको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तीमा सात अर्ब डलर आवश्यक पर्ने बताएको छ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने, “इजरायली आक्रमणमा गाजामा भएका आक्रमणमा अस्पतालहरूसमेत निशानामा परेका थिए ।”
“अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् र ३६ मध्ये १४ वटाबाट सेवा दिइएको छ,” उनले भने
“गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको गम्भीर अभाव छ । ध्वस्त बनेको गाजा स्वास्थ्य प्रणालीको पुनर्निर्माणको लागि कम्तीमा सात अर्ब खर्च हुनेछ,” उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण