छठ बिदा बढाउन सरकारसँग मधेसी अधिकृत समाजको आग्रह
सारांश
- मधेसी अधिकृत समाज नेपालले छठ पर्वको बिदाबारे पुनर्विचार गर्न माग गरेको छ।
- समाजले छठ पर्वको बिदा एक दिन मात्रै पर्याप्त नभएको भन्दै सम्पूर्ण अवधिभर बिदा दिन आग्रह गरेको छ।
- बिदा सीमित गर्दा धार्मिक आस्थामा अनादर भएको र सांस्कृतिक समावेशिताको मर्ममाथि प्रश्न उठेको समाजको भनाइ छ।
रौतहट । लोकपर्व छठको अवसरमा सरकारले दिँदै आएको एक दिने सार्वजनिक बिदामा पुनर्विचार गर्न मधेसी अधिकृत समाज नेपालले माग गरेको छ। समाजका अध्यक्ष भूदेव झाले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई यस विषयमा ध्यान दिन आग्रह गरेका छन्।
चार दिनसम्म कठोर विधि र ३६ घण्टासम्म निर्जल व्रत बसेर मनाइने यो महापर्वका लागि एक दिनको बिदा पर्याप्त नभएको समाजको तर्क छ। सङ्घीय सरकारले मुख्य दिनमा मात्र बिदा दिने प्रचलन राखे पनि समाजले पर्वको सम्पूर्ण अवधिभर बिदा दिनुपर्ने माग गरेको छ।
अध्यक्ष झाका अनुसार, चार दिन लामो यो पर्वमा एक दिनको मात्र बिदा दिँदा व्रतालु, विद्यार्थी र कर्मचारीलाई गम्भीर असुविधा भएको छ। यो पर्व धार्मिक आस्था, कठोर अनुशासन र सामाजिक एकताको प्रतीक भएकाले यसमा बिदा सीमित गर्नु धार्मिक आस्थामा अनादर जस्तै भएको समाजको भनाइ छ। यस निर्णयले सांस्कृतिक समावेशिताको मर्ममाथि प्रश्न उठेकोले बिदाको अवधि बढाउनुपर्ने उनीहरूको माग छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण