बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

फ्राइडे रिलिज : देशभर ‘मैझारो’

शुक्रबार, ०७ कात्तिक २०८२, १० : २७
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • शुक्रबारबाट फिल्म 'मैझारो' देशव्यापी प्रदर्शनमा आएको छ, जसलाई विल्सन विक्रम राईले निर्देशन गरेका हुन्।
  • धीरज मगर, मिरुना मगर र दिया पुनलगायतका कलाकारको अभिनय रहेको यो फिल्मले ८० भन्दा बढी शो पाएको छ।
  • फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सटिर्फिकेट पाएको छ र तिहार तथा छठको छेकोमा रिलिज भएको हो।

काठमाडौं । आज शुक्रबारबाट फिल्म ‘मैझारो’ देशव्यापी प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धन्दै प्रदर्शनमा आएका फिल्म कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ले निर्देशन गरेका हुन् । राईको यो निर्देशनमा डेब्यु फिल्म हो ।

धीरज मगर, मिरुना मगर र दिया पुनलगायतका कलाकारको मुख्य अभिनय रहेको फिल्मले ८० बढी शो पाएको छ । त्रिकोणात्मक प्रेम सम्बन्धमा निर्माण भएको फिल्मले चलचित्र सेन्सर बोर्डबाट युनिभर्सल सटिर्फिकेट पाएको छ । २ घण्टा २१ मिनेटको तिहार र छठको छेकोमा रिलिज भएको हो ।

फिल्म सुनील थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीलगायत कलाकारको पनि अभिनय रहेको छ ।

फ्राइडे रिलिज ‘मैझारो’ एक्लै आए पनि फिल्मले देशभरको हल सबै पाएको छैन । किनभने हिजो (बिहीबार) तिहारको अवसर पारेर रिलिज भएका ‘बरिष्ठ बलराम’, ‘सेल्टिनी’को अलवा गत शुक्रबार रिलिज भएको फिल्म ‘जेरी अन टप’ले पनि थुप्रै शो कब्जा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप