मधेस प्रदेशमा छठमा थप एक दिन सार्वजनिक बिदा
धनुषा । मधेस प्रदेश सरकारले छठ पर्वको अवसरमा एक दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै छठको उदाउँदो सूर्यको दिन अर्थात् कार्तिक ११ गते मंगलबार पनि सार्वजनिक बिदा दिने जानकारी दिएको छ।
उपसचिव गणेश नायकद्वारा जारी विज्ञप्तिअनुसार यो निर्णय २०८१ चैत २२ गते प्रकाशित ‘प्रदेश राजपत्र’मा समावेश २०८२ सालका थप बिदा सम्बन्धी सूचनाको आधारमा गरिएको हो। छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यका दिन गरी दुई दिन बिदा दिनुपर्ने नागरिकको माग बढिरहेको बेला प्रदेश सरकारले यो आंशिक सम्बोधन गरेको हो।
यस निर्णयसँगै प्रदेशभरका सरकारी कार्यालय, विद्यालय तथा निकायहरू मंगलबार बन्द रहनेछन्। छठ पर्व विशेष गरी मिथिला क्षेत्रका हिन्दु धर्मावलम्बी महिलाहरूले सूर्य देव र छठ मइयाको आराधना गरी धूमधामका साथ मनाउने गर्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
-
'होर्मुज पुनः खुलेपछि २०२७ मा तेलको आपूर्ति छेलोखेलो हुन्छ'
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण