छठ पर्वका लागि मधेसमा विशेष सुरक्षा योजना, सात हजार प्रहरी परिचालन
सारांश
- मधेस प्रदेश प्रहरीले छठ पर्वको सुरक्षाका लागि विशेष योजना बनाएको छ।
- सात हजार प्रहरी परिचालन गरी मादक पदार्थ सेवन र झैझगडा नियन्त्रण गरिनेछ।
- प्रहरीले घाट, तालाब, नदी किनार, बजार र राजमार्गहरूमा विशेष सतर्कता अपनाउनेछ।
जनकपुरधाम । छठ पर्वका क्रममा शान्ति सुरक्षामा असर पार्ने सम्भावित गतिविधि नियन्त्रणका लागि मधेस प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजना तयार पारेको छ ।
मधेस प्रदेश प्रहरीका नायव महानिरीक्षक (डिआइजी ) गोविन्द थपलियाले जनकपुरधाममा जानकारी दिँदै भने, “छठ पर्वमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, झैझगडा गर्ने, भिडभाडमा अव्यवस्था सिर्जना गर्ने लगायतका सम्भावित घटनालाई रोक्न विशेष योजना लागू गरिएको छ ।”
उनका अनुसार प्रदेशभरका आठ वटै जिल्लामा लागू हुने गरी सात हजार प्रहरी परिचालन गरिएको छ । प्रहरी परिचालनमा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र नागरिक पोसाकका सुरक्षाकर्मी समेत समावेश गरिएको उनले बताए ।
थपलियाले प्रहरी बललाई घाट, तालाब, नदी किनार, बजार क्षेत्र र राजमार्गहरूमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको बताए । उनले भने, “छठ पर्व आस्थासँग जोडिएको धार्मिक र सांस्कृतिक पर्व हो। त्यसैले सुरक्षाका सबै संयन्त्र जनताको श्रद्धा र विश्वास सुरक्षित राख्न खटिनेछन् ।”
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने वा सार्वजनिक स्थानमा हुलदङ्गा गर्ने व्यक्तिमाथि कडा कारबाही गरिनेछ ।साथै, भिडभाड हुने स्थलहरूमा सिसी क्यामेरा निगरानी, सुरक्षा चौकी र मोबाइल गस्ती टोली सक्रिय रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण