सन्दीप लामिछानेले भने– मानहानी भएको विषयमा कानुनी उपचार खाेज्छु
काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछानेले युट्युब च्यानलमा आफ्नो मानहानि भएको विषयको कानुनी उपचार खाेजिने स्पष्ट पारेका छन् ।
उनले यसका बाबजुद कसैप्रति घृणा वा नकारात्मकता नफैलाउन आग्रह गरेका छन् ।
यसअघि लामिछानेले प्याराडाइम टिभीको कार्यक्रममा आफ्नो चरित्र हत्या गरिएको भन्दै इन्फ्लुएन्सरप्रति आक्रोश व्यक्त गरेका थिए । योसँगै सन्दीपका समर्थकहरूले इन्फ्लुएन्सरलाई सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी सुरु गरेका थिए ।
लामिछानेले आफूप्रति व्यक्त भएको माया र समर्थनका लागि सबैलाई धन्यवाद दिएका छन्। उनले हालै घटेको घटना अस्वीकार्य रहेको बताउँदै, यस विषयमा आएको भावनात्मक प्रतिक्रिया र आक्रोश बुझेको उल्लेख गरेका छन्।
यद्यपि लामिछानेले सबैलाई घृणा वा नकारात्मकता नफैलाउन आग्रह गर्दै, शान्त र सम्मानजनक तरिकाले सबै कुराको सामना गर्नमा विश्वास रहेको बताएका छन्। उनले आफ्नो कानुनी सल्लाहकारले विषयलाई हेरिरहेको जानकारी दिए।
हाल दुबईमा जारी क्रिकेट विश्वकप लिग २ खेलमा आफ्नो पूर्ण ध्यान रहेको बताउँदै, उनी नेपाल फर्केपछि यस मामिलालाई विस्तृत रूपमा सम्बोधन गर्नेछन्। लामिछानेले अन्याय महसुस हुँदा पनि दया र सम्मान रोज्न आग्रह गरेका छन्, किनकि यसैबाट मात्र वास्तविक परिवर्तन र शान्ति सम्भव हुने उनको भनाइ छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण