न्युजिलान्डका अलराउन्डर स्कटले दोस्रो सिजन पनि सुदूरपश्चिमबाट खेल्ने
सारांश
- सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि स्कट कुगेलेइनलाई अनुबन्ध गरेको छ।
- न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइनलाई दोस्रो पटक टिममा फर्काउँदा टिम गर्वित छ।
- स्कटले पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक विकेट लिएका थिए।
काठमाडौँ । दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले स्कट कुगेलेइनलाई अनुबन्ध गरेको छ ।सुदूरपश्चिमले आफ्नो दोस्रो विदेशी खेलाडीको रूपमा उनलाई अनुबन्ध गरेको हो ।
न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरिएको घोषणा गर्दा निकै गर्वित छ।स्कटले एनपिएलको को पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी संयुक्त रूपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए।
सुदूरपश्चिम रोयल्सका टिम मालिक स्वतन्त्र प्रताप शाहले स्कटको पुनरागमनबारे खुसी व्यक्त गर्दै भने,“स्कटको अनुभवले हाम्रो बलिङ आक्रमणलाई थप मजबुत बनाउँछ, साथै उनको अलराउन्ड क्षमताले ब्याटिङ लाइनअपमा पनि महत्त्वपूर्ण गहिराइ थप्नेछ।”
स्कटले पनि नेपाल फर्किन पाउँदा निकै उत्साह व्यक्त गरेका छन्। उनले यस सिजन पुनः सुदूरपश्चिम रोयल्सका समर्थकहरू अगाडि खेल्न तथा टिमलाई सफलता दिलाउन योगदान गर्न आतुर रहेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण