बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

टर्कीमा डुङ्गा डुब्दा कम्तीमा १४ आप्रवासीको मृत्यु

शुक्रबार, ०७ कात्तिक २०८२, २१ : ३१
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • टर्कीको बोड्रम नजिकै एजियन सागरमा डुङ्गा दुर्घटना हुँदा १४ आप्रवासीको मृत्यु भयो।
  • तटरक्षकलाई खबर गर्दा धेरैको मृत्यु भइसकेको थियो, उद्धारकर्मीले २ जनालाई जीवितै उद्धार गरे।
  • डुङ्गामा १८ जना सवार रहेको र ती मध्ये एक जना पौडी खेलेर बाँच्न सफल भए।

इस्तानबुल । टर्कीको बोड्रम रिसोर्ट नजिकैको एजियन सागरमा डुङ्गा पल्टिँदा कम्तीमा १४ आप्रवासीहरूको मृत्यु भएको स्थानीय गभर्नरको कार्यालयले शुक्रबार जनाएको छ।

‘उक्त दुर्घटनामा १४ जना गैरकानुनी रूपमा आएका आप्रवासीहरूको मृत शरीर फेला परेको छ,’ मुग्ला प्रान्तको गभर्नरको कार्यालयले एक्समा जनाएको छ। 

घटनाबारे तटरक्षकलाई शुक्रबार बिहान आपतकालकालिन सहयोगका लागि जानकारी गराइएको तर सहयोगका लागि टोली पुग्दा धैरै जनाले ज्यान गुमाइसकेको बताइएको छ।  

उद्धारकर्मीले दुई जीवित व्यक्तिलाई उद्धार गरेका छन् । उनीहरूमध्ये एकले भने, ‘डुङ्गामा १८ जना सवार थिए डुङ्गामा पानी पस्न थालेको १० मिनेट पछि डुङ्गा डुबेको घटनामा पौडी खेली जीवन जोगाउन सफल एक व्यक्तिले  भने । उनी पौडी खेल्दै सेलेबी टापुमा उत्रन सफल भएका थिए।

 बाँचेकामध्ये एक जना अफगानी नागरिक रहेको गभर्नरको कार्यालयले जनाएको छ भने जीवित अर्का एक र मृतक सबैको राष्ट्रियता अहिलेसम्म खुलाइएको छैन । 

हेलिकप्टर र एक विशेषज्ञ गोताखोर टोलीले बाँकी रहेका दुई आप्रवासीहरूको खोजी गरिरहेको छ । आप्रवासी डुङ्गाहरू प्रायः टर्की तट र नजिकैको ग्रीक टापुहरू सामोस, रोड्स र लेस्बोसको बीचको छोटो तर खतरनाक मार्गमा दुर्घटना हुँदा बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् । प्रायः युरोपेली सङ्घको प्रवेश बिन्दुको रूपमा आप्रबासीहरूले टर्की हुँदै सामुद्रिक यात्रा गर्ने गर्छन् । 

बोड्रम ग्रीक टापु कोस नजिक रहेको छ। अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले सञ्चालन गरेको ‘मिसिंग माइग्रेन्ट प्रोजेक्ट’ अनुसार भूमध्य सागर हुँदै युरोप जाने क्रममा एक हजार ४०० आप्रवासीको मृत्यु भएको छ ।

इस्तानबुल । टर्कीको बोड्रम रिसोर्ट नजिकैको एजियन सागरमा डुङ्गा पल्टिँदा कम्तीमा १४ आप्रवासीहरूको मृत्यु भएको स्थानीय गभर्नरको कार्यालयले शुक्रबार जनाएको छ। ‘उक्त दुर्घटनामा १४ जना गैरकानुनी रूपमा आएका आप्रवासीहरूको मृत शरीर फेला परेको छ,’ मुग्ला प्रान्तको गभर्नरको कार्यालयले एक्समा जनाएको छ। 

घटनाबारे तटरक्षकलाई शुक्रबार बिहान आपतकालकालिन सहयोगका लागि जानकारी गराइएको तर सहयोगका लागि टोली पुग्दा धैरै जनाले ज्यान गुमाइसकेको बताइएको छ।  

उद्धारकर्मीले दुई जीवित व्यक्तिलाई उद्धार गरेका छन् । उनीहरूमध्ये एकले भने, ‘डुङ्गामा १८ जना सवार थिए डुङ्गामा पानी पस्न थालेको १० मिनेट पछि डुङ्गा डुबेको घटनामा पौडी खेली जीवन जोगाउन सफल एक व्यक्तिले  भने । उनी पौडी खेल्दै सेलेबी टापुमा उत्रन सफल भएका थिए।

 बाँचेकामध्ये एक जना अफगानी नागरिक रहेको गभर्नरको कार्यालयले जनाएको छ भने जीवित अर्का एक र मृतक सबैको राष्ट्रियता अहिलेसम्म खुलाइएको छैन । 

हेलिकप्टर र एक विशेषज्ञ गोताखोर टोलीले बाँकी रहेका दुई आप्रवासीहरूको खोजी गरिरहेको छ । आप्रवासी डुङ्गाहरू प्रायः टर्की तट र नजिकैको ग्रीक टापुहरू सामोस, रोड्स र लेस्बोसको बीचको छोटो तर खतरनाक मार्गमा दुर्घटना हुँदा बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् । प्रायः युरोपेली सङ्घको प्रवेश बिन्दुको रूपमा आप्रबासीहरूले टर्की हुँदै सामुद्रिक यात्रा गर्ने गर्छन् । 

बोड्रम ग्रीक टापु कोस नजिक रहेको छ। अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले सञ्चालन गरेको ‘मिसिंग माइग्रेन्ट प्रोजेक्ट’ अनुसार भूमध्य सागर हुँदै युरोप जाने क्रममा एक हजार ४०० आप्रवासीको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप