विवाद भएपछि पोखरामा साथीको हत्या, एक जना पक्राउ
शनिबार, ०८ कात्तिक २०८२, ०९ : ४४
सारांश
- पोखरामा एक जना स्थानीय व्यक्ति, अनिल पराजुलीको हत्या भएको छ।
- विवादपछि ईश्वर तिमिल्सिनाले धारिलो हतियार प्रयोग गरी पराजुलीमाथि आक्रमण गरेका थिए।
- प्रहरीले आक्रमणकारी ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिएको छ र घटनाको अनुसन्धान भइरहेको छ।
पोखरा । पोखरामा शनिबार बिहानै एक जनाको हत्या भएको छ। पोखरा–५ पस्र्याङमा स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरी हत्या भएको कास्की प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार स्थानीय ईश्वर तिमिल्सिनाले विवाद भएपछि घर फर्कने क्रममा पराजुलीमाथि आक्रमण गरेका थिए। प्रहरीले आक्रमणकारी भनिएका ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिइसकेको बस्नेतले बताए।
हत्या गरिएका अनिल पराजुली र पक्राउ परेका ईश्वर तिमिल्सिना साथी भएको खुलेको छ। पराजुलीको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण