अपडेट
जेनजी आन्दोलनमा भिमफेदी कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या
५ जना पक्राउ
शनिबार, ०८ कात्तिक २०८२, ११ : ०६
सारांश
- मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदीको पूर्वी नवलपरासीमा हत्या भएको छ।
- गैँडाकोट नगरपालिकामा धारिलो हतियार प्रयोग गरी नारायण कुमालको हत्या भएको हो।
- प्रहरीले हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदीको पूर्वी नवलपरासीस्थित गैँडाकोटमा हत्या भएको छ । ५–८ जना मिलेर २८ वर्षीय नारायण कुमालको हत्या गरेका हुन् ।
गैँडाकोट नगरपालिकास्थित इँट्टाभट्टा नजिकै शुक्रबार राति धारिलो हतियार प्रहार गरेर उनको हत्या भएको पूर्वी नवलपरासीका एसपी युवराज खड्काले रातोपाटीलाई बताए ।
मृतक चितवनको कालिका नगरपालिका–४ पदमपुरका स्थानीय हुन् । हत्यामा संलग्न आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिए ।
जेनजी प्रदर्शनको क्रममा कुमाल भिमफेदी कारागारबाट फरार भएका थिए । बलात्कार कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो ।
प्रहरी स्रोतका अनुसार उनी भदौ २४ मा कारागारबाट भागेका थिए । २०७४ साउन ३ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण