बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एक पुरुषको मृत्यु
सारांश
- राप्ती सोनारी गाउँपालिका-९ गुरुवागाउँका इन्द्रबहादुर खत्रीको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ।
- ४० वर्षीय खत्री घाँस काट्न गएपछि बेपत्ता भएका थिए र उनको शव रिम्ना सामुदायिक वनमा फेला परेको हो।
- प्रहरी र स्थानीय बासिन्दाको टोलीले शव फेला पारेको र निकुञ्जसँग समन्वय गरी थप अनुसन्धान भइरहेको छ।
बाँके । राप्ती सोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना टोल निवासी इन्द्रबहादुर खत्रीको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ । गुरुवागाउँ नमुना टोल निवासी ४० वर्षीय खत्री शुक्रबार अपराह्न २ः ०० बजेतिर स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएपछि बेपत्ता भएका थिए ।
आज बिहानसम्म परिवारको सम्पर्कमा नआएपछि जङ्गलमा खोज्दै जाँदा उनको शव फेला परेको प्रहरी चौकी ढकेरीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक नगेन्द्र शाहीले जानकारी दिए ।
उनका अनुसार आज बिहानै प्रहरीसहित स्थानीयवासीको टोलीले जङ्गलमा खत्रीलाई खोज्ने क्रममा रिम्ना सामुदायिक वनको चिल्लेपाटामा जङ्गली जनावरले आक्रमण गरेको अवस्थामा शव फेला परेको हो ।
बाँके राष्ट्रिय निकुञ्जको क्षेत्र पर्ने भएकाले निकुञ्जसँग समन्वय गरेर शवको शव परीक्षण लगायतको प्रक्रिया सुरु गरिएको उनको भनाइ छ । घटनाको प्रकृति हेर्दा बाघले नै आक्रमण गरेको हुनसक्ने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।
‘बाघ वा चितुवाले आक्रमण गरेको हुनुपर्छ, घटनास्थलको प्रकृति हेर्दा बाघको आक्रमण जस्तो छ’, उनले भने- ‘हामीले घटनास्थल क्षेत्रमा क्यामेरा जडान गर्छौं, क्यामेरामा कैद भएका आधारमा पुष्टि हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण