अर्जेन्टिनाको फुटबल टोली र मेस्सीको भारत भ्रमण रद्द
सारांश
- अर्जेन्टिनाको फुटबल टोली र मेस्सीको भारतको केरल भ्रमण रद्द भएको छ।
- मैत्रीपूर्ण खेल नोभेम्बर १७ मा कोच्चिको जवाहरलाल नेहरु स्टेडियममा हुने तय थियो।
- फिफाको अनुमति ढिलाइ र एएफएसँगको बैठकपछि खेल रद्द गर्ने निर्णय लिइयो।
कोच्चि । विश्वकप विजेता अर्जेन्टिनाको फुटबल टोली र स्टार खेलाडी लियोनेल मेस्सीको अर्को महिना हुने भनिएको भारतको केरल भ्रमण रद्द भएको छ।
यो मैत्रीपूर्ण खेल नोभेम्बर १७ मा कोच्चिको जवाहरलाल नेहरु स्टेडियममा हुने तय भएको थियो। तर, अब यो खेल फिफाको अर्को अन्तर्राष्ट्रिय खेल विन्डोमा मात्रै आयोजना गरिने भएको छ।
मैत्रीपूर्ण खेलको प्रायोजक रिपोर्टर ब्रोडकास्टिङ कम्पनीका प्रबन्ध निर्देशक एन्टो अगस्टिनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्। एन्टो अगस्टिनले फेसबुकमा लेखेअनुसार, खेलका लागि फिफाबाट अनुमति पाउन ढिलाइ भएकाले अर्जेन्टिना फुटबल एसोसिएसन (एएफए) सँगको बैठकपछि यो निर्णय लिइएको हो।
सुरुमा केरलका खेल मन्त्रीले अर्जेन्टिनाको खेलको घोषणा गरेका थिए। बिचमा उनले खेल रद्द भएको बताए पनि अगस्तमा एएफएले टोली कोच्चिमा खेल्ने पुष्टि गरेको थियो। तर, अहिले आएर यो खेल रद्द भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण