नवलपुरमा तिहारमा २६ वटा सवारी दुर्घटना, ४ जनाको मृत्यु
सारांश
- नवलपरासीमा तिहारको समयमा भएका विभिन्न दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
- जिल्लामा कात्तिक १ देखि ८ गतेसम्म २६ वटा सवारी दुर्घटना हुँदा ४८ जना घाइते भएका छन्।
- दुर्घटनाको मुख्य कारण तीव्र गति, सडकको अवस्था र चालकको लापरबाही रहेको प्रहरीले जनाएको छ।
नवलपुर । तिहारमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएका विभिन्न दुर्घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् । कात्तिक १ गतेदेखि कात्तिक ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा २६ वटा सवारी दुर्घटना भएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार जिल्लामा भएका सवारी साधन दुर्घटनामा परी ४८ जना घाइते भएका छन् । दुर्घटनामा संलग्न सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका नेपालले बताए ।
दुर्घटनामा २६ वटा मोटरसाइकल, आठ वटा स्कुटरसहित तेलको ट्याङ्कर तथा अटो रिक्सालगायत छ वटा सवारीसाधन संलग्न रहेका नेपालको भनाइ छ । जिल्लामा भित्री सडक खण्डमा सबैभन्दा बढी दुर्घटना भएका उनले जानकारी दिए ।
जिल्लामा भएका दुर्घटनाका कारण तीव्र गति, सडकको अवस्था तथा चालकको लापरबाही रहेको उनले उल्लेख गरे । ट्राफिक नियम पालना नगरी सवारीसाधन चलाउँदा हुने दुर्घटनाबाट धेरै क्षति हुने गरेको नेपालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण