एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको घरेलु मैदान बन्ने
सारांश
- भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान बन्ने सम्झौता भयो।
- सम्झौतामा एक्स्ट्राटेक ओभलका बिनोद कुँवर र लुम्बिनी लायन्सकी भावना घिमिरेले हस्ताक्षर गरे।
- यो सम्झौताले पश्चिम नेपालमा विश्वस्तरीय क्रिकेट पूर्वाधार विकास गर्ने लक्ष्य राखेको छ।
भैरहवा । भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान हुने भएको छ । लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभल, भैरहवाले दीर्घकालीन साझेदारी गर्ने गरी शनिबार सम्झौता गरेका छन् ।
सम्झौता पत्रमा एक्स्ट्राटेक ओभलका तर्फबाट बिनोद कुँवर र लुम्बिनी लायन्सको तर्फबाट भावना घिमिरेले हस्ताक्षर गरे । घिमिरेले यस सम्झौतासँगै एक्स्ट्राटेक ओभल लुम्बिनीको पहिचान बन्ने बताइन् । उनले भनिन्, ‘एक्स्ट्राटेक ओभल अब केवल मैदान होइन, लुम्बिनी लायन्सको पहिचान बन्नेछ । यो ठाउँ हाम्रो तयारी, हाम्रो यात्राको हृदय हुनेछ ।’
एक्स्ट्राटेक ओभलका कुँवरले यो साझेदारी नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने साझा प्रतिबद्धता भएको बताए । उनले भैरहवामा विश्वस्तरीय क्रिकेट सुविधा विकास गर्ने दिशामा एकसाथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
यो सम्झौता पश्चिम नेपालमा विश्वस्तरीय क्रिकेट पूर्वाधार विकास गर्ने साझा दृष्टिकोणमा आधारित छ । यसअन्तर्गत लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभललाई प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प, रणनीतिक बैठकहरू र नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका अन्य प्रतियोगिताका घरेलु खेलहरू आयोजना गर्न प्रयोग गर्न पाउनेछ ।
सम्झौताअनुसार मैदानमा मुख्य ओभल, अभ्यास नेट, पिच, फ्लडलाइट, ग्राउन्ड मर्मत उपकरण र क्लब हाउस सुविधा उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण