उच्चस्तरीय जाँचबुझ आयोगको सचिवालयमा प्रकाश पौडेल
काठमाडौँ । जेनजी प्रदर्शनपछि गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगको सचिवालयमा सह सचिव प्रकाश पौडेललाई ल्याइएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार उनलाई सचिवालयमा सरुवा गर्ने निर्णय गरेका हुन् । पौडेल बाराको प्रमुख जिल्ला अधिकारी थिए ।
बाराको प्रमुख जिल्ला अधिकारीबाट उनलाई भदौ २३ र २४ मा भएको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ जाँचबुझ आयोगको सचिवालयमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सहसचिव शंकरहरी आचार्यलाई जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहत प्रभावकारी बनाउने जिम्मेवारी दिइएको छ । आचार्यलाई धनुषाको प्रजिअबाट मन्त्रालयमा सरुवा गरेर सो जिम्मेवारी दिइएको छ ।
मन्त्रालयले बाराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा धर्मेन्द्र कुमार मिश्र र धनुषामा प्रेम प्रसाद लुइँटेललाई पठाएको छ ।
उच्चस्तरीय जाँचबुझ आयोगको नेतृत्व नेतृत्व विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले गरेका छन् । आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विन्देश्वरी भण्डारी सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण