हिमाली क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन आग्रह
सारांश
- राष्ट्रिय विपद् प्राधिकरणले हिमाली क्षेत्रको यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।
- प्राधिकरणले मौसम पूर्वानुमान र लेक लाग्ने जोखिमबारे जानकारी लिन अनुरोध गरेको छ।
- लेक लागेमा यात्रा रोकेर उपचार गर्न र एक्लै यात्रा नगर्न समेत आग्रह गरिएको छ।
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि सतर्कता अपनाउन आग्रह गरेको छ ।
आइतबार राति एक सूचना जारी गर्दै प्राधिकरणले सो क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानबारे जानकारी लिन आग्रह गरेको हो ।
सूचनामा प्राधिकरणबाट प्रकाशन गरिने पूर्व सूचना एवं अलर्टबारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न र आवश्यक पूर्व तयारी गरेर मात्र यात्रामा निस्किन सबैलाई आग्रह गरेको छ ।
साथै लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कन समेत प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ ।
सूचनामा भनिएको छ–
‘लेक लागेर मृत्यु वा घाइते हुने दर बढ्दै गएको स्थितिमा हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान एवं सोको आधारमा यस प्राधिकरणबाट प्रकाशन गरिने पूर्व सूचना एवं अलर्टबारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न, आवश्यक पूर्व तयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कन प्राधिकरण हार्दिक अपिल गर्दछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण