सामुदायिक वनद्वारा आठ करोड रुपैयाँभन्दा बढीको वन पैदावर बिक्री
सारांश
- आर्थिक वर्ष २०८१/८२ मा तनहुँका सामुदायिक वन समूहले ८ करोड ४३ लाख आम्दानी गरे।
- सामुदायिक वनले ८३ हजारभन्दा बढी क्युफिट वन पैदावर बिक्री गरे, जसमा साल, खयर र अन्य प्रजातिका काठ थिए।
- वन पैदावर बिक्रीबाट १ करोड २० लाख राजस्व संकलन भयो, र निजी आवादीमा पनि वन पैदावर बिक्री भयो।
तनहुँ । तनहुँका सामुदायिक वन समूहले आर्थिक वर्ष २०८१/८२ मा वन पैदावर बिक्री गरी रु आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन् ।
सामुदायिक वनले सो अवधिमा ८३ हजार पाँच सय १३ दशमलब ४५ क्युफिट वन पैदावर बिक्री गर्न सफल भएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिक्री भएका वन पैदावरमध्ये ४० हजार तीन सय ३१ दशमलब ९५ क्युफिट साल, ४१ हजार एक सय तीन दशमलब ८० क्युफिट खयर र दुई हजार नौ सय ११ दशमलब ८६ अन्य वन पैदावर छन् । त्यस्तै सोही अवधिमा ५० दशमलब १५ चट्टा दाउरा पनि बिक्री भएको छ ।
वन पैदावर बिक्रीमार्फत् रु एक करोड २० लाख चार हजार नौ सय ८६ राजस्व सङ्कलन भएको छ । निजी आवादीतर्फ पनि ५१ हजार चार सय ५४ दशमलब ७५ क्युफिट वन पैदावर बिक्री भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार निजी आवादीतर्फ ४३ हजार तीन सय २४ दशमलब ८ क्युफिट खयर, नौ हजार एक सय ३० दशमलब ६७ क्युफिट अन्य, ८६ दशमलब १५ चट्टा दाउरा बिक्री भएको छ ।
जिल्लाको कूल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगटेको छ । जिल्लाभर ६ सय १६ वटा सामुदायिक वन र चार सय ८५ वटा कबुलियती वन रहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण