छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउँछ : मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता र सद्भाव सुदृढ गर्ने बताए।
- उनले छठ पर्वले धार्मिक सहिष्णुता र सकारात्मक व्यवहारको विकासमा प्रेरणा दिने उल्लेख गरे।
- मुख्यमन्त्रीले लुम्बिनी प्रदेश सरकारको मौलिक संस्कृति संरक्षणका कार्यक्रमबारे जानकारी दिए।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । उनले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सकारात्मक व्यवहारको विकासमा पनि यस पर्वले प्रेरणा दिएको उल्लेख गरेका हुन् ।
छठ पर्व–२०८२ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सूर्यदेव र छठी माताको पूजा श्रद्धा र आस्थाका साथ विस्तार हुँदै गएको बताए ।
उनका अनुसार भेदभावविना सबै प्राणीलाई प्रकाश, ताप र शक्ति दिने समानताको प्रतीक सूर्यदेवप्रति आस्था र श्रद्धा व्यक्त गर्ने यो पर्वले समाजमा आपसी सद्भाव र एकता सुदृढ पार्दै आएको छ । उनले छठ पर्वले सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न पनि प्रेरणा दिने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले देशमा देखिएका चुनौतीहरूको समाधान संवैधानिक र लोकतान्त्रिक विधि तथा प्रक्रियामार्फत मात्रै सम्भव हुने बताउँदै साझा समझदारी र दृढताको आवश्यकता औँल्याए ।
उनले लुम्बिनी प्रदेश सरकारले मौलिक संस्कृतिको संरक्षण र संवर्धनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिए । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य पूरा गर्न प्रदेश सरकार निरन्तर प्रयत्नशील रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण