पेरिसको लुभ्र म्युजियमबाट बहुमूल्य ताज र गहना चोरी प्रकरण, दुई जना पक्राउ
सारांश
- पेरिसको लुभ्र म्युजियमबाट बहुमूल्य ताज गहना चोरी गरेको आरोपमा दुई जना शङ्कास्पद व्यक्ति पक्राउ परेका छन्।
- चोरीमा संलग्न भएको आशंकामा एक जना अल्जेरिया र अर्को माली जाने तयारीमा रहेको बेला पक्राउ परेका थिए।
- ८८ मिलियन युरो बराबरका सामान चोरी भएको र सुरक्षा प्रोटोकलहरू असफल भएको फ्रान्सका न्यायमन्त्रीले स्वीकारेका छन्।
पेरिस । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पेरिसको लुभ्र म्युजियमबाट बहुमूल्य ताज गहना चोरी गरेको आरोपमा दुई जना शङ्कास्पद व्यक्ति पक्राउ परेका छन् ।
पेरिस अभियोजकको कार्यालयले दिएको जानकारीअनुसार तीमध्ये एक जनालाई चार्ल्स दे गल विमानस्थलबाट विदेश उड्ने तयारी गरिरहेको बेला पक्राउ गरिएको थियो ।
गत आइतबार दिउँसो चार जना चोरहरूले अत्याधुनिक उपकरण प्रयोग गरी विश्वको सबैभन्दा धेरै पर्यटक आउने यस सङ्ग्रहालयबाट ८८ मिलियन युरो मूल्य बराबरका सामानहरू चोरी गरेका थिए । फ्रान्सका न्यायमन्त्रीले सुरक्षा प्रोटोकलहरू ‘असफल’ भएको र देशको ‘खराब छवि’ बनेको स्वीकार गरेका छन् ।
पेरिस अभियोजकको कार्यालयले शनिबार साँझ पक्राउ गरिएको जनाए पनि कति जनालाई नियन्त्रणमा लिइयो भन्ने खुलाएको छैन । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार प्रहरी स्रोतले दिएको जानकारीमा एक शङ्कास्पद व्यक्ति अल्जेरिया र अर्को माली जाने तयारीमा थिए । विशेषज्ञ प्रहरीले उनीहरूलाई ९६ घण्टासम्म हिरासतमा राखेर सोधपुछ गर्न सक्नेछन् ।
आइतबार फ्रान्सेली सञ्चारमाध्यममा आएका रिपोर्टहरूका अनुसार चोरी भएको स्थानमा फेला परेको डीएनएका आधारमा एक शङ्कास्पद व्यक्तिलाई पहिचान गरिएको थियो । चोरहरूले पञ्जा र हाई–भिज ज्याकेट लगायतका केही सामान घटनास्थलमै छोडेका थिए । यसअघि उनीहरूले नेपोलियन तृतीयकी पत्नी महारानी युजेनीको ताज पनि छाडेर गएको बताइएको थियो ।
पेरिस अभियोजकले यस मुद्दामा सम्बन्धित जानकारी समयपूर्व खुलासा गरिएकोमा आलोचना गर्दै त्यसले गहना फिर्ता गर्न र चोरहरूलाई पत्ता लगाउने प्रयासमा बाधा पुर्याएको उल्लेख गरेका छन् ।
चोरहरू सङ्ग्रहालय आगन्तुकहरूका लागि खुल्नेबित्तिकै स्थानीय समयअनुसार बिहान ९:३० बजे आइपुगेको बताइएको छ । शङ्कास्पद व्यक्तिहरू सेन नदी नजिकको एक बालकनी हुँदै ग्यालरी डी अपोलोनमा प्रवेश गर्नका लागि गाडीमा जडान गरिएको यान्त्रिक लिफ्ट लिएर आएका थिए ।
घटनास्थलका तस्बिरहरूमा पहिलो तल्लाको झ्यालसम्म भर्याङ पुर्याइएको देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण