अपडेट
सुनको मूल्य थप घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सोमबार, १० कात्तिक २०८२, १० : ५३
सारांश
- सोमबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भयो।
- चाँदीको मूल्य पनि घटेर प्रति तोला २ हजार ९८० रुपैयाँमा कारोबार भयो ।
- अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण सुनचाँदीको मूल्यमा गिरावट आएको हो।
काठमाडौँ । सोमबार सुनको मूल्य थप घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार रुपैयाँ घटेको हो ।
जसअनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार भने तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
तिहार बिदाअघि सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ कायम थियो । आइतबार बजार खुल्दा भने भने सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घटेको थियो । जुन मूल्य सोमबार थप घटेर कारोबार भएको हो ।
यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ९८० रुपैयाँ कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेकाले सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि घटेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण