प्रायः राति वा बिहान किन हुन्छ हृदयघात ?
काठमाडौँ । पछिल्लो समय हृदयघातका घटना बढेका छन् ।
धेरैजसोलाई हृदयघात प्रायः रात वा बिहान सबेरैआउँछ । यस्तो किन हुन्छ ? यो प्रश्न धेरै मानिसको दिमागमा आएको होला । हृदयघात तनावको कारणले गर्दा मात्रै हुन्छ भनेर मानिस प्रायः सोच्छन् । तर यसमा हाम्रो शरीरको जैविक घडी अर्थात् सर्काडियन रिदमले पनि प्रमुख भूमिका खेल्छ ।
बायोलोजिकल क्लक हो हृदयघातको कारण
हाम्रो शरीरको जैविक घडीले दिन र रातअनुसार अंगहरूको कार्यलाई नियमन गर्दछ । रातमा विशेषगरी बिहान २ देखि ५ बजेको बिचमा, रक्तचाप र मुटुको गति सबैभन्दा ढिलो हुन्छ । कसैको मुटु पहिले नै कमजोर छ भने यस समयमा रक्त प्रवाहमा थोरै कमीले पनि मुटुमा दबाब दिन सक्छ र हृदयघातको जोखिम बढाउन सक्छ ।
कोर्टिसोल हर्माेन पनि हुन सक्छ कारण
बिहान सबेरै शरीरमा कोर्टिसोल हर्माेनको स्तर बढ्छ, जसले रगतलाई गाढा बनाउँछ र प्लेटलेटहरू एकसाथ टाँसिन्छ । यसले रगत जम्ने जोखिम बढाउँछ ।
स्लीप एपनिया
निदाइरहेको समयमा केही मानिस घुर्छन र सास फेर्न अवरोध अनुभव गर्छन् । यसलाई स्लीप एपनिया भनिन्छ । यसले अक्सिजनको अभाव र मुटुमा अचानक तनाव निम्त्याउन सक्छ ।
एसिड रिफ्लक्स
राति भारी वा भुटेको खाना खाएपछि तुरुन्तै सुत्दा एसिड रिफ्लक्स र ग्यासले मुटुमा दबाब दिन सक्छ । यसबाहेक दिनको तनाव र चिन्ता रातमा हराउँदैन, जसले उच्च रक्तचाप बढाउने र मुटुको धड्कन अनियमित गराउने हुन सक्छ ।
यस्ता हुन्छन् हृदयघातका लक्षणः
यदि तपाईंले राति छातीमा भारीपन महसुस गर्नुभयो, बायाँ हात वा बङ्गारामा दुखाइको महसुस भयो, चिसो पसिना आयो, अचानक सास फेर्न गाह्रो हुने वा चक्कर लाग्ने आदि लक्षणहरू अनुभव गर्नुहुन्छ भने यी लक्षणहरूलाई बेवास्ता गर्नुहुन्न । यस्ता लक्षण देखा पर्ने बित्तिकै तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुहोस् ।
मुटुलाई स्वास्थ्य राख्ने आयुर्वेदिक उपचार
–आयुर्वेदले मुटुलाई बचाउन धेरै उपायहरू सुझाउँछ । सुत्नुअघि मनतातो पानी पिउनाले पाचन सुधार हुन्छ र मुटुमा दबाब कम हुने बताइन्छ ।
–लसुन खाँदा कोलेस्ट्रोल कम हुन्छ र धमनीहरू सफा राख्न मद्दत गर्छ। तुलसी र मह सेवन गर्दा रगतमा अक्सिजन बढ्छ र मुटुको थकान कम हुन्छ ।
–राति १० मिनेट ध्यान वा अनुलोम–विलोम र भ्रामरी जस्ता श्वासप्रश्वास अभ्यास गर्नाले मुटुको धड्कन स्थिर हुन्छ र मानसिक शान्ति प्रदान गर्दछ ।
–तपाईंले अचानक छाती भारी महसुस गर्नुभयो भने मनतातो पानी वा ज्वानु र बिरे नुन पिउनुहोस् । तपाईंले आत्तिएको महसुस गरिरहनु भएको छ भने गहिरो सास तान्नुहोस् अनि आफ्नो शरीरलाई सीधा राख्नुहोस् ।
–आफ्नो मुटुलाई स्वस्थ राख्न, दैनिक हल्का हिँडडुल वा योग गर्नुहोस्, धूम्रपान र मदिरा सेवन नगर्नुहोस्, नुनको सेवन कम गर्नुहोस्, तनाव कम गर्नुहोस् र पर्याप्त निद्रा लिनुहोस् ।
अस्वीकरणः यो सामग्री सामान्य जानकारीका लागि विभिन्न अनलाइबाट तयार पारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण