हलिउड अभिनेत्री जुन लकहर्टको निधन
सारांश
- हलिउड अभिनेत्री जुन लकहर्टको १०० वर्षको उमेरमा निधन भयो।
- उनले सिनेमा र टेलिभिजन दुवै क्षेत्रमा आफ्नो अभिनयको छाप छोडिन्, 'लेजी' र 'लस्ट इन स्पेस' जस्ता कार्यक्रमहरूमा अभिनय गरिन्।
- उनको परिवार पनि फिल्मी क्षेत्रमा सक्रिय थियो र उनले बाल्यकालदेखि नै अभिनयमा करियर बनाइन्।
लस एञ्जलस । हलिउडकी चर्चित अभिनेत्री जुन लकहर्टको निधन भएको छ । १०० वर्षको उमेरमा क्यालिफोर्नियाको सान्ता मोनिकामा रहेको घरमा उनको निधन भएको हो ।
सिनेमाको स्वर्ण युगदेखि आधुनिक टेलिभिजन युगसम्म आफ्नो पहिचान कायम राख्ने केही सीमित अभिनेत्रीहरू मध्ये लकहर्ट एक थिइन् । जुनको मृत्यु प्राकृतिक रूपमा भएको बताइएको छ ।
जुन फिल्मी जगतसँग साइनो जोडिएको परिवारमा जन्मिएकी थिइन् । उनका पिता जीन लकहार्ट र आमा क्याथलीन लकहार्ट दुवै प्रसिद्ध अभिनेता थिए । बाल्यकालदेखि नै उनको सोच अभिनयमा आफ्नो पहिचान बनाउने थियो । १९३८ मा उनले आफ्नो परिवारसाथमा ‘ए क्रिसमस क्यारोल’बाट आफ्नो करियर सुरु गरिन् । यसमा उनको अभिनयले दर्शकको मन जित्यो ।
लकहार्ट १९५० र ६० को दशकमा टेलिभिजन जगतमा एक प्रसिद्ध नाम बनिन् । टिभी सिरिज ‘लेजी’मा उनले रुथ मार्टिनको भूमिका निर्वाह गरेकी थिइन् । उनको यो भूमिकालाई दर्शकहरूले निकै मन पराए । यो भूमिकाले जूनलाई हरेक घरपरिवारमा प्रिय बनायो । ‘लस्ट इन स्पेस’मा उनले आमाको भूमिका निर्वाह गरिन् । उनको सहज अभिनय र भावनाको गहिराइले दर्शकहरूको हृदयमा उनले अमिट छाप छाड्न सफल भइन् ।
लकहार्ट ‘वैगन ट्रेन’, ‘गनस्मोक’, ‘शी–वुल्फ अफ लन्डन’ र ‘रहाइड’लगायत अनगिन्ती लोकप्रिय टिभी कार्यक्रमहरूमा पनि खेलेकी छिन् । प्रत्येक भूमिकामा उनलाई फ्यानहरूले मन पराए । लकहार्टको निधनसँगै हलिउडमा एक युगको अन्त्य भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण