४२ तस्बिरमा हेर्नुहोस् देहातको छठ
पर्सा । पर्सा जिल्लाकी अर्सा देवी छठको तेस्रो दिन बिहानै ३ बजेदेखि उठेर ठेकुवा बनाउन थालिन् । मधेस प्रदेशमा विशेषतः हर्षोल्लासका साथ मनाइने छठको तयारी देहातमा अझ बढी महत्वका साथ मनाउने गरिन्छ ।
टोल टोल र क्षेत्रगत हिसाबले यहाँका खोला किनार र तलाउ छेउमा सामूहिक रूपमा छठ मनाउँछन् । देहातमा शहरमा भन्दा कम सङ्ख्यामा भए पनि सबै जना एकै ठाउँ भेला भएर सामूहिक रूपमा छठ मनाउने गर्छन् ।
शनिबारदेखि छठको विधि पुरा गर्दै नहाए खाएबाट छठको नियम मान्दै आएकी अर्सा देवीले सूर्योदयदेखि सूर्यास्तसम्म निराहार व्रत बसेकी छिन् ।
'अब व्रत एकै पटक भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि तोडिन्छ । दिउँसोदेखि नै हामी छठ घाटमा गएर बस्छौँ र आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छौँ,' छठको लागि आवश्यक सामाग्री तयार पार्दै उनले रातोपाटीसँग भनिन् ।
यसरी तयार गरिएको छठको लागि आवश्यक पुजा सामाग्रीहरू परिवारका पुरुष सदस्यले छठ घाटसम्म पुर्याउने र ल्याउने प्रचलन रहेको छ ।
यसरी छठको लागि आवश्यक सामाग्री लैजाँदा चप्पल लगाउन नहुने प्रचलन छ । 'परिवारका सदस्यका साथै सबैको भलो, सुस्वास्थ्यको लागि कामना गर्दै व्रत बसेकी हुँ । छठी मैंयाको कृपाको लागि प्रार्थना गर्दै हरेक वर्ष म यो व्रत बस्दै आएकी छु,' उनले भनिन् ।



_tTGR1ktijd.jpg)
_BJwwcfV7cv.jpg)
_5ABwvNmyX0.jpg)
_O8NqqhCLvM.jpg)
_0it4zohn5K.jpg)


































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण