गण्डकीका हिमाली क्षेत्रमा भारी हिमपात, सचेत रहन प्रशासनको आग्रह
सारांश
- मनाङ ङिस्याङ गाउँपालिकाले भारी हिमपातका कारण पदयात्रा नगर्न सूचना जारी गरेको छ।
- मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनका लागि गएका पर्यटक हिमपातले गर्दा अलपत्र परेका छन्।
- म्याग्दी लगायतका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटक अलपत्र पर्न सक्ने भन्दै प्रशासन सक्रिय भएको छ।
पोखरा । मनाङको मनाङ ङिस्याङ गाउँपालिकाले भारी हिमपात भइरहेकोले पालिकाभित्र पदयात्रामा ननिस्किन आग्रह सहितको सूचना निकालेको छ । सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल यसै पालिकामा पर्छ । अहिले मनाङ ङिस्याङ भन्दा तल्लो भूभागमा पनि भारी हिमपात भइरहेको छ ।
मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका पर्यटकहरू हिमपातका कारण झर्न सकेका छैनन् । गाडीहरू चिप्लिएका कारण समस्या पर्न सक्ने भन्दै सचेत रहन र अप्ठ्यारो परे सूचना गर्न बारागुङ मुक्ति क्षेत्रका वडाध्यक्ष प्रमिस गुरुङले आग्रह गरेका छन् ।
म्याग्दीको विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटक अलपत्र पर्न सक्ने भन्दै प्रशासन, पालिका र प्रहरी अहिले पर्यटकीय क्षेत्रतर्फ निस्किएको छ । अहिले धेरै पर्यटकहरू हिमाली क्षेत्रतिर छन् । भारी हिमपातपछि उनीहरू टेण्ट र धर्मशालामा बसिरहेको प्रशासनमा सूचना आएको छ ।
उत्तरी गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी र बागलुङ, कास्की, लमजुङका माथिल्ला क्षेत्रहरूमा हिमपात भइरहेको स्थानीय प्रशासनले जनाएका छन् । हिमपातका समयमा पदयात्रामा ननिस्किन उनीहरूको अपिल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण