अपडेट
उपल्लो मुस्ताङको हिमपातमा अहिलेसम्म पर्यटक अलपत्र परेका छैनन्: प्रहरी
मङ्गलबार, ११ कात्तिक २०८२, ११ : ०६
सारांश
- मुस्ताङको उपल्लो क्षेत्रमा भारी हिमपात भएको छ, जसले गर्दा पर्यटकहरू प्रभावित भएका छन्।
- हिमपातका कारण बाटो चिप्लो भएको र कागबेनीबाट माथि जान रोक लगाइएको छ।
- अहिलेसम्म पर्यटक अलपत्र परेका छैनन्, तर सुरक्षाका लागि सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौँ । मुस्ताङ जिल्लास्थित उपल्लो मुस्ताङमा भारी हिमपात भएको छ । गएरातिदेखि परेको वर्षाका कारण घमीभन्दा माथिल्लो भागमा हिमपात भइरहेको हो ।
हिमपातका कारण सो क्षेत्रमा पुगेका पर्यटक प्रभावित भएका छन् । तल्लो मुस्ताङमा अहिले वर्षा भइरहेको कारण बाटो चिप्लो भएको मुस्ताङकी डीएसपी छिरिङ किप्पा लामाले रातोपाटीलाई बताइन् ।
मुस्ताङ घुम्न अधिकांश आन्तरिक पर्यटक त्यहाँ पुगेका छन् । डीएसपी लामाका अनुसार हिमपात र वर्षाको कारण पर्यटकहरू अहिलेसम्म अलपत्र भने परेका छैनन् । उनले भनिन्, ‘एउटा टिम दामोदर कुण्डबाट माथिल्लो भाग हुँदै मनाङतिर लागेको छ ।’
बाटो चिप्लो भएको हुनाले प्रहरीले कागबेनीबाट माथि नजान पर्यटकहरूलाई रोकेको छ । डीएसपी लामा भन्छिन्, ‘अहिलेसम्म कोही अलपत्र छैनन्, हामीले सतकर्ता अपनाएर यात्रा गर्न आग्रह गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण