बङ्गालको खाडीमा उठेको समुद्री आँधीबारे आईएमडीले दियो यस्तो चेतावनी
सारांश
- बंगालको खाडीमा सक्रिय समुद्री आँधी मोन्था अझ शक्तिशाली बन्दैछ, जसले तमिलनाडुमा भारी वर्षा गराउने सम्भावना छ।
- मौसम विभागले आन्ध्र प्रदेश र ओडिसामा अलर्ट जारी गरेको छ, किनभने आँधीले यी क्षेत्रहरूमा असर पार्ने अनुमान गरिएको छ।
- जेपी नड्डाले राहत र सहायता कार्यका लागि आन्ध्र प्रदेश, ओडिसा, तमिलनाडु, पुडुचेरी र अण्डमान र निकोबार टापुका पार्टी एकाइहरूलाई तयार रहन निर्देशन दिएका छन्।
नयाँ दिल्ली । समुद्री आँधी मोन्था मंगलबार अरु शक्तिशाली भएर गम्भीर चक्रवाती आँधीमा परिणत हुने चेतावनी भारतको मौसम विभाग (आईएमडी)ले दिएको छ । मोन्था यतिबेला हाल बङ्गालको खाडीमा सक्रिय छ । यसले तमिलनाडुका केही भागहरूमा भारी वर्षा गराउन सक्ने बताइएको छ ।
आँधी मंगलबार आन्ध्र प्रदेशको तट पार गर्ने अपेक्षा गरिएको छ । यसैबीच आईएमडीले आन्ध्र प्रदेश र ओडिशाका केही भागहरूमा अलर्ट जारी गरेको छ ।
‘चक्रवात साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनम बिचको तट पार गर्न सक्छ’ आईएमडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति अनुसार त्यतिबेला हावाको गति ९०/१०० किलोमिटर प्रतिघण्टा पुग्न सक्छ । मोन्थाको प्रभावका कारण अक्टोबर २८ देखि ३० सम्म महाराष्ट्रको विदर्भ क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको विभागले सोमबारै भनेको थियो ।
समुद्री आँधीलाई विचार गरेर भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले सोमबार आन्ध्र प्रदेश, ओडिशा, तमिलनाडु, पुडुचेरी र अण्डमान र निकोबार टापुका पार्टी एकाइहरूलाई मोन्थाको सम्भावित प्रभावलाई ध्यानमा राख्दै राहत र सहायता कार्यका लागि पूर्ण रूपमा तयार रहन निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण