शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पदयात्रा तथा हिमाल आरोहण नगर्न मनाङ प्रशासनको आग्रह

मङ्गलबार, ११ कात्तिक २०८२, ११ : ३२
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • मनाङ जिल्लामा भारी हिमपात र वर्षाका कारण पदयात्रा र हिमाल आरोहण स्थगित गरिएको छ।
  • जिल्ला प्रशासन कार्यालय मनाङले सूचना जारी गर्दै तत्काल पदयात्रा र आरोहण नगर्न आग्रह गरेको छ।
  • मौसम विभागको पूर्वानुमान अनुसार, गण्डकी प्रदेशमा भारी हिमपात र वर्षाको सम्भावना रहेको छ।

मनाङ । मनाङ जिल्लामा निरन्तर वर्षा र माथिल्लो भेगमा भारी हिमपात भएपछि जिल्ला प्रशासन कार्यालय मनाङले पदयात्रा तथा हिमाल आरोहण नगर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले मंगलबार एक सूचना जारी गर्दै जिल्लामा तथा सो हुँदै गरिने पदयात्रा र हिमाल आरोहण कार्य तत्कालका लागि स्थगित गर्न आग्रह गरेका हुन्।

उनका अनुसार, जल तथा मौसम विज्ञान विभागले कार्तिक १० गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा निरन्तर वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ। त्यसअनुसार मनाङ जिल्लाको तल्लो भेगमा वर्षा र माथिल्लो भेगमा निरन्तर भारी हिमपात भईरहेकाले यात्रु तथा आरोहीको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।

सूचनामा भनिएको छ,'सम्भावित जोखिमलाई ध्यानमा राखी यस जिल्लामा वा यस हुँदै गरिने पदयात्रा तथा हिमाल आरोहण नगर्नुहोस्/नगराउनुहोस्।'
प्रशासनले सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आफ्नै स्थानमा सुरक्षित बस्न र आगामी सूचना जारी नहुँदासम्म नयाँ पदयात्रा वा आरोहणका लागि ननिस्कन अनुरोध गरेको छ।

567518539_2004771180063203_7061417435550183262_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप