ट्रेकिङ कम्पनीलाई पदयात्रीको सुरक्षा गर्न पर्वतारोहण सङ्घको अनुरोध
सारांश
- नेपाल पर्वतारोहण संघले देशभरका उच्च पहाडी क्षेत्रमा हिमपातको कारण पर्वतारोहण दल र पदयात्रीहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ।
- संघले पर्वतारोही र पदयात्रीहरूलाई अनावश्यक रूपमा उच्च हिमाली क्षेत्रमा नजान र सुरक्षित रहन अनुरोध गरेको छ।
- मौसम पूर्वानुमान महाशाखाले हिमपातको सम्भावना औंल्याएकाले ट्रेकिङ कम्पनीहरूलाई आरोहण दलको सुरक्षाका लागि समन्वय गर्न आग्रह गरेको छ।
काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा अत्यधिक हिमपात भएको भन्दै पर्वतारोहण दल र पदयात्रीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै संघले पर्वतारोही र पदयात्रीहरूलाई अनावश्यक रूपमा उच्च हिमाली क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म हल्कादेखि भारी हिमपातको सम्भावना औँल्याएकाले यात्रा गर्नुअघि थप सतर्कता अपनाउन संघले सुझाव दिएको छ।
संघले सम्बन्धित ट्रेकिङ कम्पनीहरूलाई पनि आफ्ना आरोहण दल तथा पदयात्रीहरूको सुरक्षाका लागि समन्वय गर्न आग्रह गरेको छ । यस्तै उच्च हिमाली क्षेत्रमा रहेका सम्पूर्ण पर्वतारोहण दल र पदयात्रीहरूलाई सुरक्षित स्थानमा एकीकृत भई नेपाल पर्वतारोहण सङ्घ तथा सम्बन्धित ट्रेकिङ कम्पनीहरूसँग नियमित सम्पर्कमा रहन पनि संघले अनुरोध गरेको छ ।
_1zTgIZzmMZ.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण