नख्खु जेलबाट भागेका बलात्कार मुद्दाका कैदी सुकुम्वासी बस्तीबाट पक्राउ
मङ्गलबार, ११ कात्तिक २०८२, १३ : ०७
सारांश
- ललितपुरको नख्खु कारागारबाट भागेका एक कैदीलाई प्रहरीले काठमाडौँको टेकुबाट पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा उदयपुरका ४३ वर्षीय चुक्ता बहादुर राउत रहेका छन्, जो बलात्कार मुद्दामा जेल परेका थिए।
- प्रहरीले राउतलाई टेकुस्थित सुकुम्वासी बस्तीबाट पक्राउ गरी नख्खु कारागारमा बुझाएको छ।
काठमाडौँ । ललितपुरको नख्खु कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले काठमाडौँको टेकुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–१० घर भएर काठमाडौँ बस्दै आएका ४३ वर्षीय चुक्ता बहादुर राउत छन् ।
प्रहरी वृत्त जनसेवाका डीएसपी कृष्ण कुमार चन्द नेतृत्वको टोलीले उनलाई पछ्याएर सोमबार टेकुस्थित सुकुम्वासी बस्तीबाट पक्राउ गरेको हो । उनी बलात्कार मुद्दामा जेल परेका थिए । राउतलाई कारागार कार्यालय नख्खुमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण