जेनजी आन्दोलनले ओलीको ठाउँमा कार्की ल्याउनुबाहेक उपलब्धि दिएन : तामाङ
सारांश
- माओवादी केन्द्रका नेता हितबहादुर तामाङले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बताए।
- उनले जेनजी आन्दोलनको उपलब्धि खासै नभएको र निर्वाचनको विकल्प नरहेको कुरा व्यक्त गरे।
- उनले सरकारले चुनाव निष्पक्ष बनाउनुपर्ने र नागरिकलाई विश्वास दिलाउनुपर्ने बताए।
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बताएका छन्। मंगललबार रिपोर्टर्स क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले जेनजी आन्दोलनका सन्दर्भमा यो धारणा राखेका हुन्।
नेता तामाङले ६ महिनाभित्र निर्वाचन गर्ने मिति तोकेर बनेको अन्तरिम सरकारले निर्वाचन गर्छ वा गर्दैन भन्ने अनिश्चयको स्थिति कायमै रहेको बताएका छन्।
उनको भनाइमा, छोटो समयमा भएको जेनजी आन्दोलनको उपलब्धि खासै रहेन। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको ठाउँमा अहिले सुशीला कार्की प्रधानमन्त्री बनेर आउनुबाहेक अर्को उपलब्धि जेनजी आन्दोलनबाट लिन नसकिएको तर्क गरे।
नेता तामाङले अब माओवादी केन्द्रले निर्वाचनको विकल्प नदेखेको बताए। तर, सरकारले चुनाव निष्पक्ष हुने, नागरिकहरूले स्वतन्त्र ढङ्गले निर्वाचनमा भाग लिन पाउने र निर्वाचन शान्तिपूर्ण हुने कुरा नागरिक समाज र राजनीतिक दलहरूलाई विश्वास दिलाउन सक्नुपर्ने उनको भनाइ छ।
जेनजीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी भनिरहेको कुरा माओवादीले २० वर्ष पहिलादेखि भन्दै आएको पनि तामाङले बताए। संसद्बाटै यो कुरालाई संवैधानिक हिसाबले हल गरेर संसद् भङ्ग गर्नुपर्नेमा जेनजीहरूको आन्दोलन ‘हाइज्याक’ भएर हतारमा संसद् विघटन गरिएको उनको जिकिर छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण