हिउँमा फसेका ७ सय ५० जनालाई सुरक्षित स्थानमा ल्याइयो
सारांश
- हिउँ परेका कारण मनाङमा फसेका ७५० जनालाई सेना र प्रहरीले उद्धार गरेको छ।
- पर्यटकहरूलाई खाङसारमा सुरक्षित रूपमा राख्न नसकेपछि फर्कने व्यवस्था मिलाइयो।
- लेक लागेर बेहोस भएका एकजनाको पनि उद्धार गरिएको छ।
काठमाडौँ । असोज ११ गते रातिदेखि हिमाली भेगका केही जिल्लाहरूमा परेको हिउँका कारण फसेका व्यक्तिहरूको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै उद्धार गरेको छ ।
हिउँका कारण फसेका ७ सय ५० जनालाई मनाङको तिलिचो बेस क्याम्पबाट डिस्याङ गाउँपालिका–९ स्थित खाङसारसम्म सुरक्षित साथ ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यसैगरी ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षित साथ राखिएको छ ।
मनाङ घुम्न गएका पर्यटकहरुलाई बस्ने र खानाको खाङसारमा पर्याप्त ठाउँ नभएपछि केही पर्यटकहरुलाई सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको उनले बताए ।
त्यसैगरी काठमाडौँ महानगरपालिका–३१ बस्ने ४५ वर्षका वीरेन्द्र रसाइलीको लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको छ ।
तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा उनलाई एक्कासि लेक लागी बेहोस भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको सुरक्षा फौजले उनलाई स्टेचरमा राखी खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको हो ।
मनाङ्गमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिम समेत सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकहरुको उद्धारमा सहजता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण