प्रेम विवाह गरेर किशाेरकिशाेरी भागेपछि चक्काजाम
काठमाडौँ । प्रेम विवाह गरेर भागेका जोडीलाई तत्काल नियन्त्रणमा लिनुपर्ने मागसहित मंगलबार बिहान हरिवनस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ ।
किशोरी पक्षका अभिभावक लगायतले मंगलबार बिहान आधा घण्टा राजमार्गमा चक्काजाम गरेका हुन् । यद्यपि प्रहरीले सम्झाइबुझाइ गरेपछि अवरुद्ध राजमार्ग खुलेको थियो । इलाका प्रहरी कार्यालय हरिवनका अनुसार गत कात्तिक ४ गते हरिवन बजारस्थित अन्तरधार्मिक समुदायका किशोरकिशोरी प्रेम विवाह गरेर भागेका थिए ।
उनीहरूको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । उनीहरू भारत गएकाे हुन सक्ने प्रहरीकाे आशंका छ । किशोरको १९ तथा किशोरीको उमेर १८ वर्ष रहेकाले कानुनअनुसार बालविवाह भएकाले कानुनी कारबाही अगाडि बढाउन किशोरीका आफन्तले माग गरेका छन् ।
प्रहरीले भागेका जोडीलाई यथाशक्य खाेजेर आफन्तको जिम्मा लगाउने बताएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण