शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै

बुधबार, १२ कात्तिक २०८२, ०६ : ३१
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • विश्वभर आज विश्व पक्षाघात दिवस मनाइँदै छ, जसको उद्देश्य सक्रिय जीवनशैलीको महत्त्वबारे सचेतना फैलाउनु हो।
  • पक्षाघात मस्तिष्कमा रक्तसञ्चारमा अवरोधका कारण हुने एक जटिल समस्या हो, जसले व्यक्तिको जीवनलाई खतरामा पार्न सक्छ।
  • उच्च रक्तचाप, मधुमेह, र निष्क्रिय जीवनशैली जस्ता कारकहरू पक्षाघातको जोखिम बढाउँछन्, त्यसैले सतर्क रहनु आवश्यक छ।

काठमाडौँ । सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ । 

चिकित्सकहरूका अनुसार पक्षाघात एक जटिल शारीरिक समस्या हो  । यो मानव मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्छ । मस्तिष्कमा अक्सिजन तथा पोषकतत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ ।

समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षाघातका लक्षण हुन् । 

उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप