गर्ने हो त डोरी नै नबाँधीकन बन्जी जम्प ?
सारांश
- चीनमा विश्वकै अग्लो पुलबाट डोरी बिनाको बन्जी जम्पिङ सुरु हुँदैछ, जसले चर्चा पाइरहेको छ।
- हुआजियाङ ग्रान्ड क्यान्यन पुलमा ६२५ मिटर तल इन्द्रेणी रङको जालमा डोरीरहित बन्जी जम्पको परीक्षण गरिएको थियो।
- परीक्षणको क्रममा बालुवाका बोराहरू जालमा खसालिएको भिडियो भाइरल भएपछि मानिसहरु चिन्तित बनेका छन्।
बेइजिङ । पछिल्लो समय साहसिक खेलमा अनेक खेल समावेश हुँदै आएका छन् । तपाईँ हामीमध्ये कतिपयलाई बन्जी जम्पको नाम सुन्दै पनि जिउ सिरिङ हुन्छ । तर चीनमा भने विश्वको सबैभन्दा अग्लो पुलबाट डोरी नै नबाँधीकन गराइने बन्जी जम्पिङले यतिबेला चर्चा पाइरहेको छ ।
सुरक्षा परीक्षणको भिडियोले सामाजिक सञ्जालमा डर पैदा गरेपछि विश्वको सबैभन्दा अग्लो सडक पुलबाट डोरी–रहित बन्जी जम्पिङको उद्घाटन हुनुभन्दा अगाडि नै विवादास्पद बनेको छ ।
विश्वको सबैभन्दा अग्लो सडक पुलको रूपमा चर्चा बटुलेको हुआजियाङ ग्रान्ड क्यान्यन पुल फेरि पनि समाचार बनेको छ । यस पटक चर्चाको कारण यही पुलमा बेइपान नदीमाथि बनाइएको डोरीरहित बन्जी जम्पिङ थियो ।
पुलबाट ६२५ मिटर तल इन्द्रेणी–रंगको एउटा जाल फैलाइएको थियो । १६० वर्ग मिटरमा फैलिएको यो जाललाई डोरी बिनाको बन्जी जम्पको रुपमा परीक्षण गरिएको थियो । सुरक्षा कर्मचारीहरूले विभिन्न तौलका बालुवाका बोराहरू जालमा खसालिरहेको फुटेज यस महिनाको सुरुमा चिनियाँ सामाजिक सञ्जालहरूमा भाइरल भयो । जसले आम जनता चिन्तित बनेका छन् ।
नामबाटै थाहा पाइहाल्नु भयो कि रोपलेस बन्जी जम्पिङ परम्परागत बन्जी जम्पिङ भन्दा फरक छ । यसमा सहभागीहरूले खुट्टामा सुरक्षाका लागि डोरी लगाउँदैनन । सिधैं सुरक्षा जालमाथि हाम फाल्छन् । हुआजियाङ पुलमा यसका लागि २० देखि ५० मिटरसम्मका विभिन्न विकल्पहरू उपलब्ध छन् । सहभागीहरूले आफ्नो व्यक्तिगत प्राथमिकता र साहसको आधारमा उचाइ छनौट गर्न सक्छन् । यहाँ बन्जी जम्प गर्न १ हजार ६०० युआनभन्दा केही बढी तिर्नु पर्छ । परम्परागत बन्जी जम्पको लागि तिर्नु पर्ने मूल्यको तुलनामा यो निकै कम हो । सोका लागि ३ हजार युआनसम्म तिर्न पर्छ ।
यो बन्जी जम्पिङ यही हप्ता सर्वसाधारणका लागि खुला गरिदैं थियो । परीक्षणमा प्लेटफर्मबाट १०० र २०० पाउन्डका बोराहरू खसालिएको थियो । यस क्रममा सबै बोरा जालमै बसे । तर मान्छे पनि यसैगरी तल झर्दा जालमै पुग्लान् ? मान्छे जालमा खसेन वा मान्छेको तौल थेग्न नसकेर जाल फुस्कियो भने के होला ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण