औषधि दर्ता प्रक्रियादेखि नर्सहरूको आन्दोलनसम्म : स्वस्थ्यमन्त्रीले गरिन् यस्ता निर्णय
सारांश
- स्वास्थ्यमन्त्रीको उपस्थितिमा बसेको बैठकले औषधि दर्ता प्रक्रिया पारदर्शी बनाउने निर्णय गर्यो।
- बैठकले स्वास्थ्य क्षेत्र सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन निर्देशन दियो।
- नर्सहरूको आन्दोलनलाई सहजीकरण गर्न सातै प्रदेशमा सानो टोली खटाउने निर्णय भयो।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमको उपस्थितिमा सम्पन्न वरिष्ठ व्यवस्थापन टोलीको बैठकले औषधि दर्ता प्रक्रिया पारदर्शी बनाउनेदेखि नर्सहरूको आन्दोलनलाई सहजीकरण गर्नेसम्मका निर्णयहरू गरेको छ ।
बैठकले मन्त्रालय तथा मातहतका विभाग, केन्द्र र महाशाखाहरूले परिवर्तित सन्दर्भमा जनचाहना बमोजिम स्वास्थ्य क्षेत्रगत सुधार गर्न आफूसँग सम्बन्धित कार्यक्रमहरूको कार्ययोजनासहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति, योजना प्रस्तुत गर्न निर्देशन दिएको छ ।
साथै मन्त्रालय मातहतका विभाग तथा संघीय अस्पतालहरूबाट हुने सार्वजनिक खरिद प्रक्रिया, औषधी दर्ता प्रक्रियालाई अत्यन्तै पारदर्शी बनाई सम्बन्धित निकायले आफ्नो कार्यक्षेत्र अनुसार पूर्ण जिम्मेवारी एवं जबाफदेहीताका साथ कार्यान्वयन गर्ने साथै आफ्नो निकायबाट सम्पादन हुने कार्यहरूको बारेमा आउने गुनासाहरूको तत्काल सम्बोधन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नर्सिङ कर्मचारी लगायतका तलब तथा सुविधा सम्बन्धी विषयमा भएको विरोध प्रदर्शन, जेनजी घाइतेहरूको वर्गीकरण, जेनजी क्लिनिक सञ्चालनको अवस्था र तयारी तथा मनोसामाजिक परामर्श सेवा सञ्चालनमा सहजीकरणको लागि सानो टोली सातै प्रदेशमा खटाउने निर्णय पनि बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण