पुनः म्याद थपका लागि बाबुल गिरीलाई आज अदालत पेस गरिँदै
सारांश
- गायिका नितु पौडेलको मृत्यु प्रकरणमा संगीतकार बाबुल गिरीमाथि अनुसन्धान जारी छ, प्रहरीले म्याद थप्दैछ।
- नितु पौडेलको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका गिरीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
- नितुले गिरीकै स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन्, उपचारको क्रममा उनको मृत्यु भयो, उनीहरु प्रेम सम्बन्धमा थिए।
काठमाडौँ । गायिका नितु पौडेल मृत्युको घटनामा सङ्गीतकार बाबुल गिरीमाथि अनुसन्धान नसकिएकोले प्रहरी पुन: म्याद थपका लागि अदालतमा पेस गर्ने भएको छ । ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दिएको अनुमति मंगलबार सकिएको छ ।
प्रहरीले अनुसन्धान अझै बाँकी रहेकोले थप केही दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न लागेको जिल्ला प्रहरी परिसर काठमाडाैँमा एक अधिकृतले रातोपाटीलाई बताए ।
गायिका पौडेलका आफन्तले दिएको आत्महत्या दुरुत्साहन जाहेरीको आधारमा गिरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
कात्तिक १ गते शनिबार अनामनगरस्थित गिरीकै स्टुडियोमा पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् । उनको उपचारका क्रममा कात्तिक ७ गते शुक्रवार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।
बाबुल र नितु झन्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा थिए । प्रहरीसँगको प्रारम्भिक बयानमा गिरीले प्रेम सम्बन्ध स्वीकारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण