रौतहटमा एमाले र आजपा आमनेसामने
बुधबार, १२ कात्तिक २०८२, ०८ : ३५
सारांश
- रौतहटमा नेकपा एमाले र आजपाबीच राजनीतिक तनाव उत्पन्न भएको छ।
- एमालेले कार्यक्रम राख्ने भएपछि आजपाले विरोधको कार्यक्रम राखेको हो।
- दुवै पार्टीका नेता कार्यकर्ता सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा उत्रिएका छन्।
रौतहट । रौतहटमा नेकपा एमाले र आम जनता पार्टी (आजपा)बिच राजनीतिक तनाव सृजना भएको छ । एमालेले मौलापुरमा आज शुभकामना आदान–प्रदान कार्यक्रम गर्न लागेकोमा आजपाले पनि सोही स्थानमा विरोधको कार्यक्रम राखेपछि दुई पार्टी आमनेसामने भएका हुन् ।
एमालेको कार्यक्रम पूर्व निर्धारित भए पनि आजपा अध्यक्ष प्रभु साहले पनि शक्ति प्रदर्शन गर्ने घोषणा गरेपछि राजनीतिक माहोल तातेको हो ।
आजपाका कार्यकर्ताहरूले मंगलबार बैठक गरी एमालेको कार्यक्रमलाई असफल पार्ने निर्णय गरेको स्रोतले जनाएको छ। यसपछि दुबै पक्षका नेता कार्यकर्ता सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण