सघन सहरी तथा भवन निर्माण आयोजनाले नौ आयोजनालाई ठेक्का किन नतोड्ने भन्दै माग्यो स्पष्टीकरण
बुधबार, १२ कात्तिक २०८२, १२ : ३८
सारांश
- सहरी विकास विभागले धादिङका ९ वटा रुग्ण आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ।
- विभागले समयमा काम नसक्ने ठेकेदारलाई स्पष्टीकरण सोध्दै सात दिनभित्र जवाफ दिन आग्रह गरेको छ।
- जवाफ नदिएमा सम्झौताअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ।
काठमाडौँ । सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले ९ वटा रुग्ण आयोजनाको ठेक्का तोड्ने प्रक्रिया थालेको छ ।
बुधवार सूचना सार्वजनिक गर्दै ९ वटै आयोजनालाई समयमा आयोजना सम्पन्न हुन नसक्नुको कारणसहित स्पष्टीकरणसमेत माग गरेको छ ।
यी ९ वटै आयोजनाको पटक पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसकेपछि पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत हालसम्म निर्माण व्यवसायीहरूबाट सन्तोषजनक कार्य नभएकाले किन नतोड्ने भन्दै सूचना जारी गरेको छ ।
साथै यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र ठेक्का किन नतोड्ने सम्बन्धी स्पष्ट जवाफसहित निर्माण व्यवसायी स्वयम् उपस्थित भई आयोजनामा जवाफ पेस गर्न अनुरोध गरेको छ । अन्यथा ठेक्का सम्झौता सर्त बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण