पार्टी एकताका लागि माधव नेपालले अघि सारे पाँच सर्त
सारांश
- माधवकुमार नेपालले कम्युनिस्ट एकता आवश्यक रहेको बताए, तर स्पष्ट आधार बिना सम्भव नहुने उल्लेख गरे।
- पार्टी एकताका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त लगायतका आधारभूत विषयमा एकरूपता हुनुपर्ने उनको भनाइ छ।
- उनले समाजवादी क्रान्ति सम्पन्न गर्न बलियो क्रान्तिकारी शक्ति आवश्यक रहेको बताए।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताएका छन् । बुधवारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
‘कम्युनिस्ट एकता आजको आवश्यकता हो । किनभने समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता पर्छ’, नेता नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘त्यो बलियो क्रान्तिकारी शक्तिको निर्माण यहाँका क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकताबाट नै हुनसक्छ ।’
तथापि नेपालले स्पष्ट आधार निर्माण नभई पार्टी एकता हुन नसक्ने बताएका छन् । अध्यक्ष नेपालले पार्टी एकताका लागि सबैभन्दा पहिले पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिकारी कार्यक्रम, कार्यदिशा र कार्यनीतिजस्ता मुलभूत विषयमा एकरुपता हुनुपर्ने बताएका छन् ।
‘यी सबै महत्त्वपूर्ण सवालमा समानता नभई कसैसँग पनि पार्टी एकता हुन सक्दैन ।समानता भएमा एकता गर्न नहुने कुरा मात्र होइन, एकता गर्न ढिला पनि गर्नुहुँदैन’ अध्यक्ष नेपालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण