अपडेट
यस्तो छ केन्द्रीय समिति बैठकमा माधव नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
बुधबार, १२ कात्तिक २०८२, १३ : २४
सारांश
- नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरे।
- उनले कम्युनिस्ट एकताको आवश्यकता औंल्याउँदै स्पष्ट आधार बिना पार्टी एकता सम्भव नभएको बताए।
- उनका अनुसार समाजवादी क्रान्ति सफल पार्न बलियो क्रान्तिकारी शक्ति आवश्यक छ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
राजधानीको मिराकल भेन्युमा बुधबारदेखि सुरु भएको बैठकमा नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।
राजनीतिक प्रतिवेदनमा नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भएपनि स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताएका छन् ।
‘कम्युनिस्ट एकता आजको आवश्यकता हो । किनभने समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता पर्छ’, नेता नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘त्यो बलियो क्रान्तिकारी शक्तिको निर्माण यहाँका क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकताबाट नै हुनसक्छ ।’
तथापि नेपालले स्पष्ट आधार निर्माण नभई पार्टी एकता हुन नसक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण