१०औँ खेलकुद: खेलकुदमन्त्री गुप्ताले बोलाए बोर्ड बैठक
सारांश
- युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले १०औँ राष्ट्रिय खेलकुदबारे छलफल गर्न बोर्ड बैठक बोलाएका छन्।
- बैठक कार्तिक १९ गते सिंहदरबारमा बस्नेछ, जसमा प्रतियोगिता आयोजनाबारे निर्णय हुनेछ।
- मन्त्री गुप्ताले ए डिभिजन लिगबारे एन्फा र क्लबहरूसँग पनि छलफल गर्ने बताए।
काठमाडौँ । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको विषयमा छलफल गर्न युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक बोलाएका छन् ।
बैठक आगामी कार्तिक १९ गते दिउँसो २ बजे सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा बस्नेगरी आह्वान गरिएको मन्त्री गुप्ताले रातोपाटीलाई जानकारी दिए ।
राखेपको उक्त बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनासम्बन्धी निर्णय गर्ने बताइएको छ । सोहीअनुसार एजेन्डा समेत तय गरिएको गुप्ताको भनाइ छ ।
‘दसौँ खेलकुद प्रतियोगिता जसरी पनि सम्पन्न गर्नुपर्छ भन्ने मेरो योजना छ,’ मन्त्री गुप्ताले भने, ‘त्यसका लागि मैले बोर्ड बैठक पनि बसालेको छु । दसौँ खेलकुद हुन्छ ।’
मन्त्री गुप्ताले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग समेत ए डिभिजन लिग सम्बन्धी छलफल गर्न लागेको बताए ।
‘राखेपसँगै हामीले एन्फासँग पनि ए डिभिजन लिग सम्बन्धी बोर्ड बैठक बसाल्न लागेको छौँ,’ मन्त्री गुप्ताले भने ,‘एन्फासँगै क्लबसँग पनि बैठक बसालेर निर्णय निकाल्नेछौँ ।’उक्त बैठक यही साता बस्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण