ज्ञानेन्द्र शाहीले भने– जेनजी मित्रहरू, संविधान संशोधन नगरी चुनावमा जानुको अर्थ छैन
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा जानुको कुनै अर्थ नहुने बताएका छन्। उनले जेनजी आन्दोलनको मर्मअनुसार व्यवस्था परिवर्तनका लागि संविधान संशोधन पहिलो शर्त हुनुपर्नेमा जोड दिए ।
बुधबार सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबिच जारी त्रिपक्षीय वार्ताप्रति टिप्पणी गर्दै नेता शाहीले सामाजिक सञ्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘आदरणीय जेनजी मित्रहरू, संविधान संशोधन नगरी चुनावमा गइयो भने हात्ती आयो हात्ती आयो फुस्सा बाहेक केही हुँदैन। चुनावबाट व्यक्ति परिवर्तन हुन्छन्, तर देशको अवस्था परिवर्तन हुँदैन।’
उनले आजको वार्ता संविधान संशोधन गरेर मात्रै चुनावमा जाने विषयमा केन्द्रित हुनुपर्ने बताए। राष्ट्रपतिले झुक्काएजस्तै आज दल र सरकारले युवाहरूलाई फेरि झुक्काउन सक्ने भन्दै उनले वार्तामा सहभागी जेनजी प्रतिनिधिहरूलाई सचेत रहन आग्रह गरे ।
नेता शाहीले वार्तामा सहभागी भएका जेनजी प्रतिनिधिहरूको नियतमाथि समेत शङ्का व्यक्त गरे। ‘आज प्रधानमन्त्रीले बैठकमा बोलाएका जेनजी नामधारीहरूमध्ये ८० प्रतिशत एनजिओका मान्छे जाँदै छन्,’ उनले दाबी गरेका छन्, ‘त्यसैले सच्चा राष्ट्रवादी युवा साथीहरू त्यो टिममा छौँ भने तिमीहरूकै टिमले धोका दिन सक्छ, होसियार हुनु'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण