विपद् व्यवस्थापनको तयारीमा रहन सुरक्षा निकायलाई निर्देशन
सारांश
- मौसम विभागले भारी वर्षाको सम्भावनाबारे जानकारी गराएपछि नेपाल प्रहरीले विपद् व्यवस्थापनका लागि तयारी थालेको छ।
- बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था' का कारण कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
- प्रहरी प्रवक्ताका अनुसार, सम्भावित विपद् जोखिमको आकलन गर्दै देशभरका इकाइहरूलाई समन्वयका साथ तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बिहीबार अपराह्नदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षासम्म हुनसक्ने सूचना जारी गरेपछि नेपाल प्रहरीले सम्भावित विपद् व्यवस्थापनका लागि उच्च तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका इकाइमा सम्भावित विपद जोखिम आकलन गर्दै समन्वयात्मक रुपमा विपद व्यवस्थापनको तयारीमा रहन निर्देशन दिइएको जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव रहेको छ ।
बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशमा प्रवेश गरी विस्तारै कमजोर हुँदै उत्तर र उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्यभूभाग नजिक आएको र त्यसपछि पूर्वतर्फ सर्दै आज रातिदेखि सक्रिय हुँदै शनिबारसम्म नेपालको कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने आज साँझ जारी सूचनामा जनाइएको छ ।
जसले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी र हिमाली भूभागका एक÷दुई स्थानमा मध्यम हिमपातको सम्भावना छ ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातका साथै कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ । ती क्षेत्रमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटन क्षेत्रमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्ने विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । उनले शनिबारसम्म नै असर जारी रहने जानकारी दिए ।
सोही सूचनाका आधारमा नेपाल प्रहरीले पनि तयारी गरेको प्रवक्ता घिमिरेले बताए । सशस्त्र प्रहरीले पनि आवश्यक तयारी गरेको जनाएको छ । मधेस प्रदेश सरकारले भने आजै उच्च सावधानी अपनाउने निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण