शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगाएको छ: प्रधानमन्त्री कार्की

बुधबार, १२ कात्तिक २०८२, २२ : ४८
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र ज्यानजीबिचको त्रिपक्षीय संवादले सकारात्मक ऊर्जा जगाएको बताइन्।
  • उनले देशका चुनौतीहरूको समाधान साझा प्रयास र संवादबाटै सम्भव हुने विश्वास व्यक्त गरिन्।
  • प्रधानमन्त्री कार्कीले नयाँ पुस्ता, राजनीतिक दल र सरकारको लक्ष्य निष्पक्ष निर्वाचन सम्पन्न गर्नु रहेको बताइन्।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजीबिच बुधबार भएको त्रिपक्षीय संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगाएको  बताएकी छिन् ।

बालुवाटारमा बसेको त्रिपक्षीय बैठकपछि सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन् । 

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनिन्, ‘आज सरकार, राजनीतिक दलहरू र जेनजी प्रतिनिधिहरूबिच भएको संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगाएको छ।’

उनले देशका चुनौतीहरू सबैका साझा रहेको भन्दै समाधान पनि साझा प्रयास र निरन्तर संवादबाटै सम्भव हुने विश्वास व्यक्त गरिन्। प्रधानमन्त्री कार्कीका अनुसार, संवादहीनताको अवस्था अन्त्य गर्दै सहकार्य र विश्वासको वातावरण निर्माण गर्नु नै यो संवादको प्रमुख उपलब्धि हो।

उनले लेखेकी छन्, ‘नयाँ पुस्ता, राजनीतिक दल र सरकार सबैको लक्ष्य एउटै छ निष्पक्ष, सुरक्षित र समयमै निर्वाचन सम्पन्न गर्नु।’

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताप्रतिको साझा प्रतिबद्धता दोहोर्‍याउँदै भनिन्, ‘यही आधारमा हामी स्थिरता, जबाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै अगाडि बढ्छौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप