जेनजीसँग चुनावी सहकार्य गर्न चाहन्छौंः वर्षमान पुन
सारांश
- माओवादी केन्द्रले आगामी निर्वाचनमा जेनजीसँग चुनावी सहकार्य गर्ने इच्छा व्यक्त गरेको छ।
- माओवादी नेता वर्षमान पुनले सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डामा जेनजीसँग निकटता रहेको बताए।
- माओवादीले जेनजीको मागलाई समर्थन गर्ने र सरकारलाई सम्बोधन गर्न आग्रह गरेको छ।
काठमाडौँ । माओवादी केन्द्रले आगामी निर्वाचनमा जेनजीसँग चुनावी सहकार्य गर्ने चाहेको बताएको छ । माओवादी सचिवालय सदस्य वर्षमान पुन ‘अनन्त’ ले बुधबार बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीबिच भएको त्रिपक्षीय छलफलमा पार्टीको धारणा राख्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीले सरकारमा वा प्रतिपक्षमा हुँदा सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गरेका वा आवाज उठाएका हौँ। त्यसैले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्ने एजेण्डामा हामी र जेनजीबिच निकटता छ। यही कारण हाम्रो आन्दोलनमा र पछि पनि समर्थन रहेको हो। हामी जेनजीसँग चुनावी सहकार्यका लागि पनि तयार छौँ र निरन्तर संवाद जारी रहनेछ।’
उनले थपे, ‘हामी अहिले पनि हामी जेनजी युवाको मागमा समर्थन गर्न तयार छौँ।’
पुन अनन्तले २३ र २४ भदौपछिको राजनीतिक परिस्थितिको स्मरण गर्दै भने, ‘हामीले त्यतिबेला राजनीतिक र संवैधानिक प्रक्रिया सँगै अघि बढ्नुपर्छ भनेका थियौँ। सडकले नागरिक सरकार बनायो र त्यसलाई राजनीतिक दलको पनि समर्थन थियो। हामीले यो प्रक्रियालाई संसद्ले अनुमोदन गर्नुपर्छ भनेका थियौँ, तर त्यो भएन। अब मुलुकलाई सही संवैधानिक प्रक्रियामा लैजानु भनेकै निर्वाचन हो। सरकारले निर्वाचनको तयारी र विश्वसनीय वातावरण निर्माणमा लाग्नुपर्छ।’
पुन अनन्तले सरकारलाई आग्रह गर्दै भने, ‘जेनजी आन्दोलनका सम्भव मागलाई सरकारले तत्काल सम्बोधन गरोस्, हाम्रो समर्थन रहनेछ। हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर चुनावमा जानेछौँ।’
जेनजीको मागमा हामीले आन्दोलनपूर्व र पछि पनि समर्थन जनाएका थियौँ । अहिले पनि हामी जेनजी युवाको मागमा समर्थन गर्न चाहन्छौँ ।
हामीले सरकारमा वा प्रतिपक्षमा हुँदा सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गरेका वा आवाज उठाएका थियौँ । त्यस कारण भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने एजेण्डामा हामी र जेनजीबिच निकटता छ । त्यही कारण हाम्रो आन्दोलनमा र पछि पनि समर्थन रहेको हो ।
२३ र २४ भदौपछिको अवस्थामा हामीले राजनीतिक र संवैधानिक प्रक्रिया सँगै जानुपर्छ भनेका हौं । सडकले नागरिक सरकार बनायो । यो सरकारलाई राजनीतिक दलको पनि समर्थन थियो । हामीले यो प्रक्रियालाई संसद्ले अनुमोदन गर्नुपर्छ भनेका थियौँ, तर त्यो भएन । अब मुलुकलाई सही संवैधानिक प्रक्रियामा लाने भनेकै निर्वाचनमार्फत हो । सरकार निर्वाचनको तयारी र विश्वसनीय वातावरण निर्माणमा लाग्नुपर्छ ।
भ्रष्टाचार नियन्त्रण गर्न ०४६ पछि सार्वजनिक ओहोदामा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न संयन्त्र बनाउने हो भने पनि हामी समर्थन र सहयोग गर्न तयार छौँ ।
जेनजी आन्दोलनका सम्भव मागलाई सरकारले तत्काल सम्बोधन गरोस्, हाम्रो समर्थन रहनेछ ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर हामी चुनावमा जान्छौँ । हामी जेनजीसँग पनि चुनावी सहकार्य गर्न चाहन्छौँ । हाम्रो तर्फबाट पनि जेनजीसँग निरन्तर संवाद जारी रहनेछ ।
जेनजीको लोकतन्त्र, संविधान, वर्तमान व्यवस्था र निर्वाचनप्रतिको प्रतिबद्धताप्रति पार्टीको तर्फबाट उच्च सम्मान छ । हामी जेनजी आन्दोलनको भावनाअनुसार आफूलाई रूपान्तरण गर्न पनि तत्पर छौँ ।
सरकारले निर्वाचनको वातावरण बनाओस् हामी निर्वाचनमा होमिन तयार छौँ ।
(सरकार, राजनीतिक दल र जेनजी समूहबिच बुधबार बालुवाटारमा भएको त्रिपक्षीय छलफलमा माओवादी केन्द्रका तर्फबाट सचिवालय सदस्य वर्षमान पुन ‘अनन्त’ले राखेको धारणा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण